» » केपी ओलीका लागि क्षमा पूजा


धनुषा असोज २५ गते । राजधानीमा मनोज गजुरेल, हरिवंश आचार्यलगायतका हाँस्य कलाकारहरुले मोदीको भेषमा पशुपतिमा क्षमा पुजा गरेका थिए । सञ्चारमाध्यममा निकै चर्चा पाएका थिए यता आज जनकपुरका कलाकारहरुले पनि जानकी मन्दिरमा क्षमा पूजा गरेका थिए । नयाँ प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्ड लागि कलाकारहरुले क्षमा पूजा गरेका थिए ।

मधेशमा गरिएको दमन र मधेशीको हत्याको लागि उनीहरुलाई माफ गरिदिन भन्दै जानकी माताको मन्दिरमा क्षमा पुजा गरिएको हो ।

मधेश अधिकार संघर्ष समितिआबद्ध युवाहरुले प्रधानमन्त्रीसहितका तीन नेताको भेष बनाएर उनीहरुका लागि क्षमा पुजा गरेका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..