» » बन्दले गर्दा मजदुरहरु भोक–भोकै

राजविराज, असोज २८ गते । ठेलामजदुर शिवनारायण रजकले मंगलबार एक रुपैयाँ पनि कमाउन सकेनन् । राजविराज २ रामपुर टोलका रजक बजारको चक्कर लगाउँदा पनि सामान ओसार्ने काम नपाएपछि लखतनार हुँदै खाली हात घर फर्किए ।

‘नेताहरुको कुर्सीको लडाइँमा हामी गरिब जनता पिसिन्छौं । सोमबार त च्युरा र मुरी खाएर सुतियो’, ५२ वर्षीय रजकले भने, ‘मंगलबार साँझ केही पनि खान पाइएलाजस्तो छैन ।’

दुई छोरा र दुई छोरीका बाबु रजकका जेठा छोरा ससुरालीमा बस्छन् । अरु कलिला उमेरका छन् । साना छोराछोरी र श्रीमतीलाई छाडेर वैदेशिक रोजगारमा जान नसकिएको बताउने रजकले ठेला मजदुरी गरेको ३५ वर्ष भयो । ठेलावालासँग पैसा छैन । अन्यसँग ऋण माग्दा पनि गरिब भनेर पत्याउँदैनन । कारण भोकभोकै बस्नु परेको छ । उनले आन्दोलनकारीतर्फ संकेत गर्दै भने, ‘चन्दा उठाएर मजदुरका लागि खाने व्यवस्था गर्नुपर्छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..