» » मेघराज पनि मन्त्री त्यो पनि विनाविभागीय राज्यमन्त्री


काठमाडौँ, असोज २६ गते । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विनाविभागीय राज्यमन्त्रीमा मेघराज नेपाली निषाद्लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

मृगौलाको उपचारमा अस्पतालमा रहनु भएका निषाद ओलीलाई प्रधानमन्त्री बनाउनमा सहयोग गरेका थिए । उपचारमा संलग्न मेघराजले आफू बाँच्ने कि नबाँच्ने अवस्थामा रहेको, सबै साथीहरुले कोइरालालाई मत दिन भनि रहँदा पनि आफू रिक्समा मतदान गरेको ओली समक्ष राखेका थिए । आफू पर्साबाट सभासद् भएको र पर्सामा आन्दोलन चर्केको अवस्थामा आफ्नो निकै विरोध हुने भएकाले त्यसको बदलामा मन्त्री बनाई दिन आग्रह गरेपछि निषादलाई दौरा सुरुवाल र ढाका टोपीमा सजाएर प्रधानमन्त्री ओलीले शपथ खुवाएका थिए ।

सिंहदरबारमा साँझ आयोजित कार्यक्रममा उहाँलाई शपथ दिलाइएको थियो । निषाद् मधेस समता पार्टीका सांसद हुनुहुन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..