» » दशैँ अघि सभामुख र तिहार अघि राष्ट्रपति

काठमाडौँ, असोज २७ गते । दोस्रो जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभादेखि निरन्तर संसदको नेतृत्व गरेका सभामुख सवासचन्द्र नेम्वाङले पदबाट राजिनामा दिने तयारी गरेका छन् ।
संसद सचिवालय स्रोतका अनुसार बुधबार सुरु हुन सभामुख निर्वाचन प्रक्रिायमा असोज २९ भित्रै निष्कर्षमा पुग्ने छ । राष्ट्रपति चयनको प्रक्रिया भने कात्तिक १० बाट सुरु गर्ने सचिवालयको तयारी छ ।
संविधानसभाबाट रुपान्तरित भएको व्यवस्थापिका संसदको अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख तथा उपसभामुख र एक महिनाभित्र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुन्छ ।
दुबै पदमा सर्वसम्मति नभए निर्वाचन गरी बहुमतबाट छानिन्छ । सभामुखको निर्वाचन खुला मतदानबाट र राष्ट्रपतिको गोप्य मतदानबाट गर्ने प्रावधान छ । आजको कान्तिपुरकमा समाचार छ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..