» » मधेशी मोर्चा र सरकारवीच आज पनि वार्ता हुदैँ

काठमाडौं,असोज २० गते । आन्दोलनरत संयुत्तः लोकतान्त्रिक मधेसी मोर्चा र तीन दलको वार्ता समितिबीच आज पनि वार्ता हुने भएको छ । मंगलवारको सिंहदरवारमा भएको वार्ता औपचारिकतामा सिमिति भएपछि आज मोर्चाको प्रस्तावमा केन्द्रित छलफल हुनेछ ।
बिहान ११ बजे हुने वार्तामा मोर्चाले राखेका ३५ बुँदे संसोधनका विषयमा छलफल केन्द्रित हुने दलहरुले बताएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा हुने वार्तामा मोर्चाले सीमांकन, समावेसी–समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलगाएत संविधानमा ३५ बुँदे संशोधन प्रस्ताव पेश गरिसकेकाले त्यसमा छलफल हुनेछ ।
मोर्चाका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले आज सरकारले त्यसमा जवाफ दिने अपेक्षा गरेको जानकारी दिनुभयो । सरकारी वार्ता टोलीले सरकार र नेताहरुसँग छलफल गरि आज हुने वार्तामा ठोस प्रस्ताव ल्याउने बताएकोले आज केही उपलब्धि हुने विश्वास रहेको उहाँको भनाई छ । मोर्चाले सीमांकनलाई बटम लाईट बनाए पनि सरकारी वार्ता टोलीले संघिय आयोगलाई जिम्मा दिनुपर्ने अडान राखेको छ ।
सरकारी वार्ता टोलीले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे पनि मोर्चाले आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहनेपूर्ण रुपमा अडान राखेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..