» » पेट्रोल लग्दैँ गरेको तीनवटा मोटरसाइकलमा आगजानी, पूर्णरुपमा नष्ट

विश्वनाथ ठाकुर 
सर्लाही, असोज २४ गते । जिल्लाको अलग–अलग ठाउँमा शनिवार राती तीन वटा मोटरसाइकलमा आगजनी गरिएको छ । भारतबाट डिजेल र पेट्रोल बोकी आएको मोटरसाइकलमा आन्दोलनकारीहरुले आगजनी गरको हो ।
३० लिटर पेट्रोल लिएर जाँदै गरेको अवस्थामा आन्दोलनकारीहरुले मलंगवा–२ पब्लिक मावि स्थित बा ८ प ७४०८ नम्बरको हिरो होण्डा मोटरसाइकलमा शनिवार राती आगजनी गरेको थियो । त्यस्तै ५० लिटर डिजेल लिएर जाँदै गरेको अवस्थामा आन्दोलनकारीहरुले पिपरीया गाविस नजिक रहको बागमती नहरको डिलमा त्यही डिजल छकेर बा २५ प ५५३ नम्बरको पल्सर मोटरसाइकलमा आगजनी गरेको छ ।

यसैबीच एक भारतीय नम्बरको मोटरसाइकलमा समेत आन्दोलनकारीहरुले आगजनी गरेको छ । ५० लिटर डिजेल लिएर जाँदै गरेको अवस्थमा आन्दोलनकारीहरुले औरही गाविस स्थित नहरको डीलमा बिआर ३० एच ४६८३ नम्बारको मोटरसाइकलमा आगजनी गरेको छ । आगजनीबाट मोटरसाइकलहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । मधेशी मोर्चाले घरेलु प्रयोजनका लागि ५ लिटर डिजेल तथा पेट्रोल ल्याउन दिए पनि व्यापारी प्रयोजनका लागि पुर्ण प्रतिबन्ध लगाएको छ ।
मधेशी मोर्चाका कार्यकर्ताहरुले चकरघट्टा बजारबाट ४५ लिटर डिजेल, ३० लिटर पेट्रोल, संग्रामपुरबाट ५० लिटर डिजल, भेल्हीबाट ५० लिटर डिजल, २५ लिटर पेट्रोल, त्रिभुवनगरबाट ४० लिटर डिजेल राती नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..