» » व्यवस्थापिका–संसद्को अन्तरिम कार्य्विधि, २०७२ सर्वसम्मतिले पारित

काठमाडौँ, १५ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकले व्यवस्थापिका–संसद्को अन्तरिम कार्य्विधि, २०७२ लाई सर्वसम्मतिले पारित गरेको छ ।

संविधानसभा, व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली, २०७० ले सबै विषयलाई सम्बोधन गर्न नसक्ने भएकाले नयाँ कार्य्विधि ल्याइएको हो ।

सो कार्य्विधिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन गर्नेसम्बन्धी व्यवस्था समेटिएको छ ।

यस्तै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम सभामुख सुवास नेम्वाङले वाचन गरेर सुनाउनु भएको थियो । ती सांसदहरुमा मानबहादुर विश्वकर्मा, सुशील नेपाल, प्रतिक्षा तिवारी मुखिया र रामकुमार सुब्बा हुनुहुन्छ ।

बैठकमा सभामुख नेम्वाङले राष्ट्रपति डा रामवरण यादवले प्रमाणित गर्नुभएको विभिन्न विधेयक तथा ऐनबारे जानकारी गराउनुभएको थियो । त्यस्तै बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ऊर्जामन्त्री राधा ज्ञवालीलाई पदमुक्त तथा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडलले राजीनामा दिनुभएको र उहाँहरुको कार्यभार उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलाई सम्हाल्ने गरी तोकिएको सम्बन्धी पत्र वाचन गरिएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज १७ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..