» » किन नभएको अमरेश सिंह माथी कारवाही ?

काठमाडौं, असोज १५ गते । कैलालीमा सामाजिक सद्‍भाव भडकाउने अभिव्यक्ति दिएका कांग्रेस सभासद् अमरेशकुमार सिंहमाथिको कारबाही पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाकै निर्देशनमा रोकिएको खुलेको छ ।
पार्टी नीतिविपरित गतिविधिका कारण सिंहमाथि कारबाही गरिने कोइरालाले बताउँदै आएका छन् । गत शनिबार टीकापुर पुगेका उनले सिंहमाथि कारबाही गरिने दोहोर्‍याएका थिए । पार्टीको अनुशासन समितिलाई कोइरालाले एक महिनाअघि नै कारबाही प्रक्रिया थाल्न निर्देशनसमेत दिएका थिए । तर, त्यसलाई रोक्न कोइरालाले नै निर्देशन दिएको कांग्रेसका एक नेताले जानकारी दिए । पार्टी सभापतिकै निर्देशनमा अनुशासन समितिको बैठकसमेत बस्न नसकेको ती नेताले बताए ।

उनको भनाइमा कारबाहीबारे प्रधानमन्त्री कोइराला नै अन्योलमा छन्, सोही कारण समितिको बैठक नडाकिएको हो । समितिका अध्यक्ष आमोद उपाध्याय बिरामी भएकाले दिलबहादुर घर्तीलाई कार्यवाहक तोकिएको छ । सदस्यमा सुरेन्द्र पाण्डे, रमेश रिजाल र मीना पाण्डे छन् । समितिले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै भदौ दोस्रो साता २४ घण्टे स्पष्टीकरण लिएको थियो । पाण्डे बाहेकका सदस्य तत्काल कारबाही गर्न नहुने पक्षमा उभिएपछि अहिलेसम्म बैठक बस्न सकेको छैन । प्रधानमन्त्री कोइरालाकै निर्देशनमा कार्यवाहक सभापति घर्तीले बैठक नबोलाएका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..