» » मधेश विरोधी भन्दैँ गच्छदारको पुतला दहन


वीरगञ्ज, असोज २४ गते । मधेसवादी मोर्चाका युवा कार्यकर्ताले वीरगञ्जमा आइतबार मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पुत्ला दहन गरेका छन् ।
प्रधानमन्त्री निर्वाचनमा मधेसविरोधी छवि भएका एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेको भन्दै मोर्चाका आक्रोशित युवाहरुले  गच्छदारको पुत्ला जलाएका हुन् । मधेस आन्दोलन उचाइमा पुगेका बेला मधेस अधिकारका भएको आन्दोलन दबाउन मुख्य भूमिका खेलेका ओलीलाई समर्थन गरेर गच्छदारले मधेस र मधेसीलाई धोका दिएको आरोप युवाहरुले लगाएका छन् ।
ओलीको निर्देशनमा गृहमन्त्री बामदेव गौतमले मधेसी आन्दोलनकारीलाई गोली ठोक्न आदेश दिएको उनिहरुले बताएका छन् । आइतबार भएको प्रधानमन्त्रीको निर्वाचनमा गच्छदारको पार्टीले ओलीलाई सघाएको थियो । ओलीलाई सघाएर गच्छदारले मधेसीको भावनामाथि गद्दारी गरेको आरोप आक्रोशित युवाहरुले लगाएका छन् ।    

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..