» » खडेरीको कारण धान नफल्दा किसानको पिडा यस्तो रहेछ,


नेपालगन्ज, कात्तिक १५ गते । नेपालगन्जका जाकिर बेहना भूमिहीन हुन् । जग्गा नभएकाले उनले ५ कठ्ठा जमिन अँधिया लिएर धानबाली लगाएका थिए । बाला झुल्ने बेलामा वर्षा भएन । पसाउने बेलाको पूरै धानमा खेतमा सुक्यो । आइतबार वेहना पत्नीका साथ गाई–भैंसीलाई खुवाउन पराल मात्र भए पनि धान काटिरहेका थिए ।

‘मल, बीउ किन्न २० हजार रुपैयाँ ऋण लिएको थिएँ’, बाँके ढोडेगाउँका जाकिरले भने,‘त्यो ऋण कसरी तिर्ने ?वर्षभरि के खाने ? ठूलो समस्या खडा भएको छ ।’ लामो खडेरीले पसाउन लागेको धानबाली परालसमेत काम नलाग्ने गरी खेतमै सुकेपछि बाँकेकका निम्न वर्गीय किसान खाद्यान्न अभावको चरम मारमा पर्ने भएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..