» » पिङ्ग खेल्न गएकी बालिका बलात्कृत

महोत्तरी,कातिक १२ गते ।  बर्दिवासमा पिङ खेल्न गएकी एक किशोरी बलात्कृत भएकी छन् । बलात्कार अभियोगमा प्रहरीले बर्दिबास नगरपालिका १ घर भएका ३० वर्षीय पदमबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीले सोमबार राति ८ बजे बर्दिबास १ मा रहेको साझा संस्थाको चौरमा किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । ओखलढुंगा घर भई बर्दिबासको एक होटलमा काम गर्दै आएकी १५ वर्षीया किशोरीलाई कार्कीले जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । कार्कीका श्रीमती र छोराछोरी छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..