» » अर्थमन्त्रीमा विष्णु पौडेल हुने पक्का


काठमाडौं, असोज २५ गते । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेल अर्थमन्त्री बन्ने तय भएको छ । पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिने एमालेले निर्णय गरेको छ ।

छनोटका लागि सोमबार बिहान एमाले स्थायी समितिको बैठक बसेको थियो । नवनिर्वा्चित प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीहरुको आजै शपथग्रहण हुँदैछ ।
अन्य मन्त्रीहरुको छनोटबारे वरिष्ठ नेताहरु छलफल गरिरहेका छन् । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनका लागि पौडेलले निर्णयाक भूमिका निर्वाह गरेका थिए ।
रक्षा तथा अन्य मन्त्रालयको जिम्मेवारी समहालिसकेका पौडेल एमालेभित्र भद्र र स्वच्छ छविका नेताका रुपमा परिचित छन् । उनी संविधानसभाको चुनावमा रुपन्देहीबाट निर्वा्चित भएका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..