» » सिरहाबाट काठमाडौँको लागि छुटेको बस सर्लाहीमा दुर्घटना हुदा एकको मृत्यु, १० घाइते

सर्लाही, कार्तिक १५ गते । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको सागरनाथ जंगलमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने बसमा सबार १० जना यात्रु घाईते भएका छन् ।
सिरहाबाट काठमाण्डौका लागि छुटेको ना ५ ख ३१०४ नम्वरको बस आज बिहान साँढे ४ बजे इश्वरपुर नगरपालिका–५ स्थित फूलजोर चोकबाट करिव ५ सय मिटर पश्चिम सागरनाथ जंगलमा पल्टिएको हो । बस दुर्घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन । बसका चालक फरार भएकाले उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बस पल्टिँदा ज्यान गुमाउने यात्रुको सनाखत भइसकेको छैन । अन्दाजी २२÷२३ वर्षका तराई मुलको जस्तो देखिने यात्रुको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाईते यात्रुहरुको रानीगंजमा रहेको त्रिदेव अस्पतालमा उपचार भैरहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक रमेशकुमार खड्काले जानकारी दिनुभयो । घाईते केही यात्रुको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भैरहेको डिएसपी खड्काले बताउनुभो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..