» » प्रचण्ड सहित केन्द्रिय नेताहरु अख्तियारको फन्दामा पर्ने भट्टराईले गरे खुलासा


काठमाडौं, असोज १८ गते । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एमाओवादी पार्टी परित्याग गरे यता निकै खुलस्त रुपमा केही दिनभित्रै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय नेताहरु अख्तियारको फन्दामा पर्ने बताएका छन् । 

नवलपरासीको देवचुली नगरपालिका अन्र्तगत चौधरी ग्रामका मजदुरहरुले आइतबार बिहान गरेको स्वागत तथा चियापानमा भट्टराईले एमाओवादी भ्रष्टाचारीको अखडा भएको बताए ।

‘एमाओवादी भूकम्पका कारण रातो स्टीकर पाएको घर हो । त्यहाँ बस्दा मलाई पनि किच्दा भनेर छाडेँ’, भट्टराइको भनाई उदृत गर्दै एक सहभागीले भने ‘एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन् ।’ नागरिक दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..