» » प्रधानमन्त्रीलाई मत हाल्ने नहाल्ने बारे मोर्चाको बैठक जारी


काठमाडौ असोज २३ गते । प्रधानमन्त्री चयन प्रकृयामा कसलाई मत दिने नदिने विषयमा छलफल गर्न तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीका दुई जना उम्मेदवार काँग्रेसका सभापति सुशिल कोइराला र एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । ओलीलाई एमाओवादी र राप्रपा नेपाल समर्थन गरेपछि रातभरिमा खेल भएन भने भोली ओली प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
यस अवस्थामा मधेशवादी दलले के गर्ने विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको स्रोतले जनाएको छ । व्यवस्थापिका संसद वहिष्कार गर्न नपाउने, तटस्थ बस्न नपाउने व्यवस्था नियमावलीमा भएको कारणले कसैलाई नकसैलाई मत दिनुपर्ने बाध्यता रहेकाले मोर्चा दोधारमा देखिएको छ । यद्यपी मत हाले पनि काँग्रेसलाई हाल्ने अवस्था देखिएको स्रोतले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..