» » सद्भावनाकी सांसद माधवी रानी निलम्बित(विज्ञप्ति सहित)


काठमाडौं,कार्तिक  १३ गते । सदभावना पार्टीले सांसद माधवीरानी साहलाई साधारण सदस्यबाट समेत नरहने गरि पार्टीवाट निलम्बन गरेको छ । पार्टी निर्णय विपरित राष्ट्रपतिको निर्वाचनमा एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान गरेको आरोपमा उनलाई निलम्बन गरिएको छ ।

नयाँ संविधानमा असहमति जनाउँदै तराई मधेसमा आन्दोलनरत सदभावना पार्टीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, नेपालको संविधान २०४७ को धारा २६ को उपधारा ३ बमोजिम पार्टी अध्यक्ष राजेन्द्र महतोको निर्देशन अनुसार सांसद साहलाई पार्टीको साधारण सदस्यता समेतबाट निलम्बन गरेको छ।

विज्ञप्ति अनुसार, मधेसी मोर्चाको सहमति र पार्टी संसदीय दलको निर्देशन विपरित साहले कात्तिक ११ गते सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा संसदमा उपस्थित भई मतदान गरेकाले उनलाई निलम्बित गरिएको हो।

असोज २४ गते सम्पन्न प्रधानमन्त्री पदको निर्वाचनमा उपस्थित भएर कांग्रेसका उम्मेदवार सुशील कोइरालाको पक्षमा मतदान गरेको आन्दोलनरत मधेसी मोर्चाले राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो। तर सत्तारुढ गठबन्धनको तर्फबाट तत्कालिन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाएपछि सांसद साहले महिलाको पक्षमा मतदान गर्न आफू उपस्थित भएको भन्ने प्रतिक्रिया दिएकी थिइन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..