» » वीरगंजमा शहिद पटेलको श्रद्धाञ्जली सभामा विशाल मानवसागरवीच सम्पन्न

वीरगंज,असोज १८ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको जारी मधेस आन्दोलनको क्रममा ३६ औँ दिनमा असोज ३ गते वीरगंजमा प्रहरीको गोली लागि मृत्यु भएका शत्रुधन पटेलको आज सोमबार श्रद्धान्जलीसभा कार्यक्रम सम्पन्न भएको छ ।
पटेल पर्सा जिल्ला गाबिस पकहामैनपुर वडा नं. ४ निवासीको श्रद्धान्जली सभा पकहामैनपुर चौकमा भएको पोखरीमा गाबिस पकहामैनपुरका स्थानिय अजय चौरसियाले बताए । नेपाल सरकारले जारी गरेको नेपालको संबिधान २०७२  घोषणा गरेको दिन असोज ३ गते वीरगंजमा भएको झडपको क्रममा  प्रहरीको गोली लागि पटेलको मृत्यु भएको थियो ।
श्रद्धान्जली सभामा  मोर्चाको एक घटक राजेन्द्र महतो लगाएत मोर्चाका नेता तथा कार्यकर्ता सहभागिता रहेको थियो र उक्त कार्यक्रममा सहभागि लिन र महतो सम्बोदन सुन्न हजारैको संख्यामा गाउँलेहरु जम्मा भएका छन । आम जनसमुदायलाई मधेशको अधिकार नपाउन्जेल काठमाण्डौँ दाना पानी पुर्णरुपमा बन्दगर्ने, तथा नाकाबन्दी र मोर्चाको आन्दोलनलाई झन सशक्त बनाउने महतोले जन्ता सामु संबोधन गरेका थिए ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..