» » मधेशमा आन्दोलन उग्ररुप लिइदैँ, गोली चल्दा पनि दर्जनौ गाडी तोडफोड र आगजानी

महोतरी, कातिक ६ गते । दशैको समयमा आन्दोलनलाई केही खुकुलो बनाएका आन्दोलनरत मधेशी मोर्चाले हिजो देखि कडा बनाएको घोषण भए पश्चात पनि राजमार्गमा गाडीहरु आउने जाने क्रममा मोर्चाको कार्यकर्ताले ढल्केबरमा दर्जनौँ गाडीमा तोडफोड गरेको छ । प्रहरीले गाडीलाई गन्तब्य सम्म पु¥याउनको लागि दुइ दर्जन भन्दा गोली फायर गरेको छ । नाकाबन्दी लगायत राजमागए केन्द्रित आन्दोलनलाइ मोर्चाले फेरि सशक्त पारेका छन् ।
दशैं सकिए लगत्तै मधेशी दलका कार्यकर्ताहरुले ठाँउ ठाँउमा प्रदर्शन गर्दै सवारी साधनमा तोडफोड र आगजनी पनि गर्न थालेका छन् । यसैक्रममा बन्दको अवज्ञा गरेर सामान ओसारेको भन्दै आन्दोलनकारीहरुले वीरगन्जको बाइपास रोडमा अवस्थित ब्रम्ह चोकमा आज साँझ एउटा मालवाहक ट्रकमा तोडफोड गरेका छन् ।

वीरगन्ज एमाले सांसद विचारी यादवको शव यात्रा र पथलैया सडकखण्ड दर्जनौ गाडी टोडफोड आग जनी आन्दोलनकारीहरुले दाल ,चामल,खुर्सानी लगायतका किराना सामानहरु लोड गरिएको ना ४ ख ४७७४ नम्बरको ट्रकमा तोडफोड गरेका हुन् । तोडफोडबाट ट्रकको शीशा फुटेको छ । आन्दोलनकारीहरुले ट्रकमा तोडफोड गर्न थालेपछि स्थानीय केही व्याक्तिहरुले ट्रकमा रहेका आधा भन्दा बढि सामान लुटेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । यसै बिच ट्रकमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले आकाश सोनार सहित  चार जनालाइ नियन्त्रणमा लिएको छ ।

वीरगन्ज पथलैया सडकखण्डको चैनपुर चोकमा शुक्रबार बिहान आन्दोलनकारीहरुले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । १०,१२ जनाको संख्यामा रहेका आन्दोलनकारीहरुले वीरगन्जबाट ग्यालेनमा पेट्रोल लिएर पथलैया तर्फ जाँदै गरेको बा १२ प २५४४ नम्बरको सिबिजेड मोटसाइकलमा आगजनी गरेका हुन् । आगजनीबाट मोटरसाइकल जलेर पुर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । आन्दोलनकारीहरुले बाराको बहुअरीमा पनि गएराति धर्मनगर–९ बस्ने सुरेश यादवको ना.३ प ७१४६ नम्वरको मोटरसाइकल आगजनी गरेका थिए ।
बाराको जितपुरमा पनि आज बिहान आन्दोलनकारीहरुले आधा दर्जन टयाम्पुका शीशा तोडफोड पनि  गरेका छन् ।  यसैबिच वीरगन्जमा आज आन्दोलनरत दलका कार्यकर्ताहरुले एमाले सांसद विचारी यादवको सांकैतिक शव यात्रा निकालेका छन् । वीरगन्जको राधेमाइ टोलबाट जुलुश सहित निकालिएको सांकेतिक शव यात्रा नगरका विभिन्न स्थानको परिक्रमा गर्दै मितेरी पुलमा पुगेर समापन भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..