» » मधेशी मोर्चाले राष्ट्रपतिको निर्वाचनमा सहभागि नहुने


काठमाण्डौ, कार्तिक १० गते । व्यवस्थापिका संसदवाट सहमतिको अधारमा राष्ट्रपतिको चयन नभएपछि बहुमतिय प्रक्रिावाट हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरिक नहुने भएको छ । पछिल्लो समय प्रधानमन्त्री निर्वाचनमा सहभागिता जनाएपछि चौतर्फी आलोचनाको सामना गर्नु परेको कारण राष्ट्रपतिको निर्वाचनमा जनताको चाहना अनुरुप आफुहरु सहभागि नभएको जानकारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गराएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतको केही दलहरुले नयाँ संविधान बहिष्कार गरेर पनि त्यही संविधानको प्रावधान अनुसार प्रधानमन्त्रीको निर्वाचनमा सहभागिता जनाएपछि चौतर्फी आलोचना भएको थिया्े। ‘प्रधानमन्त्रीको निर्वाचनमा भाग लिनु त्रुटि भएको मोर्चाको घटकहरुले निष्कर्षसहित  सभामुख र उपसभामुखको निर्वाचनमा पनि भाग मोर्चाले लिएको थिएन,’ सद्भावना महासचिव मनिषकुमार सुमनले भने,’अब हामी पुन त्यस्तो गल्ती दोहोर्याउने पक्षमा छैनौं। मोर्चाका अध्यक्षहरुले आपसी सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गर्नु भएको छ।’
मंगलवार ३ वजेसम्ममा राष्ट्रपतिमा उम्मेदवारी दिएको अन्तिम निर्णल निकालेर बुधवार विहान ११ वजेवाट व्यव्स्थापिका संसदमा राष्ट्रपति र उपराष्ट्रपति पदको लागि गोप्य निर्वाचन भय साझ पाँच वजे निर्वाचितको नाम घोषित गर्ने कार्यतालिका रहको  छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..