» » सर्लाहीमा विषेश जातीसमूहका विरोध जुलुस प्रर्दशन

सर्लाही, मलंगवा कात्तिक ८ गते । तराई मधेशमा जारी सात दशकदेखीको मधेश आन्दोलन प्रति एक्यवद्धता जनाउँदै सर्लाही सदरमुकाम मलंगवमा आज ब्राहमण, भूमिहार, राजपूत तथा कायस्थ समाज सर्लाही संयुक्त रुपमा बिरोध जुलुस प्रदर्शन गरेका छन् ।
यतिका लामो समय देखि मधेशमा भईरहेको आन्दोलन प्रति सरकार गम्भीर र चिन्ता र चासो नभएको भन्दै समाजले चर्को नाराहरु लगाउँदै बिरोध प्रदर्शन गरेको हो ।

विरोध जुलुसमा कुनै वर्ग क्षेत्र र पार्टीगत रुप त्यागेर जातिय पहिचान सहित निकालिएको जुलुसमा नेपाली काँग्रेस, एमाले र एमाओवादीका जिल्ला स्तरका मधेशी नेताहरु समेत सहभागी भएको थियो ।
करिब सयौँको संख्याँमा एक्यवद्धता रुप दिएर मलंगवाको जिल्ला विकास चोकबाट निकालिएको बिरोध जुलुस नगर परिक्रमा पछि श्रीमति कृष्णा देवी उच्च माविमा गएर विरोध सभामा परिणत भएको थियो । विभिन्न किसिमको विचारहरु मधेश आन्दोलनलार्य शसक्त बनाउनको लागि सल्ला सुझाव आयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..