» » पेटोलियम पदार्थ र ग्यासको अभावले होटल व्यवसायी मर्कामा


उर्मिला यादव
नवलपरासी, असोज २३ गते । आन्दोलनरत मोर्चाको बन्द र भारतले गरेको नाकाबन्दीका कारण नवलपरासीमा पेटोलियम पदार्थको चरम अभाव संगै ग्यासको अभावले अहिले होटल ब्यवसायी मारमा परेका छन ।
जिल्लाका राजमार्ग एवं माथिल्लो क्षेत्रमा बढि मात्रामा पेट्रोलको अभाव देखिएको छ भने त्यो संगै डिजल र खाना पकाउने ग्यांसको पनि अभाव देखीएको छ ।
बढदै गएको ग्यासको अभावले उपभोकताहरु ग्यास र पेटोलका लागि भौतारिई रहेको देखिन्छ । विशेष गरी ग्यास अभावले होटल व्यवासायहिरु प्रत्यक्ष मारमा परेका छन । बजारमा बढदै गएको ग्यासको चरम अभावले अहिले होटल ब्यवसाय गर्दे आएका ब्यवसायिहरु परत्यक्ष मारमा परेको नवलपुर होटल कावासोतीका संचालक बेटु रानाभाट बताउनुभयो  । नेपालमा एकातिर दशै तिहार नजिकीदै गइरहेको छ भने अर्को्तिर पेट्रोल सहित खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ । नवलपरासी सहित देशैभर ग्यांसको अभावले गर्दा मानिसहरुको दैनिकी जीवन प्रभावित बनेको छ ।
होटल ब्यवसायमा देखिएको ग्यासको समस्या एउटा मुख्य समस्या बन्दै गएको छ भने यो समस्या समाधान गर्नका लागि नगरपालिकाले सहकार्य गरेर दाउराको ब्यवस्था मिलाउनुपर्ने नवलपुर होटल ब्यवसायि संघका अध्यक्ष गौरीश्वर न्यौपाने बताउने बताउनु भएको छ ।
कावासोती क्षेत्रमा मात्रै दर्ता भएका चार सय ९७ होटलहरु रहेका छन । विभिन्न राजमार्गदेखि वजारमा रहेका होटलहरु ले ग्यासको अभाव भएपछि आफनो ग्राहकहरुलाइ खाना खुवाउन समेत समस्या देखिएको छ । ग्यासको अभाव भए पछि चुलो समेत नचल्ने अवश्था आए पछि ग्यास चलाउने अनेक परिवारले अहिले जंगलबाट दाउरा ल्याएर खाना पकाउनु पर्ने बाध्यता आइपरेको छ । यसरी ग्यासको अभाव हुदा दाउरा पनि नपाएको र पहिला भन्दा ब्यापार घटेको बिगत दुइ बर्ष देखि कावासोती इन्दचोकमा चटपटेको ब्यवसाय गर्दै आउनु भएकी गोपी खतिवडाले बताउनु भयो । भारतिय नाकाबन्दी सगै ग्यासको अभावले अहिले होटल ब्यवसाय धरापमा पर्दै गएको छ भने यो समस्या समाधान गर्नमा सम्बन्धित निकाय पनि मौन रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..