» » पानी नपरेकोले धान सुक्दा तराईका किसान चिन्तित

विराटनगर,असोज २१ गते । सिँचाईका लागि पानीको अभाव हुँदा सुनसरी–मोरङका अधिकांश धानवाली सुक्ने अवस्थामा पुगेका छन् । असोज महिनामा पनि पर्याप्त बर्षा नभएको र नहर सञ्चालकले पानी नछोडेपछि धानवाली सुक्ने अवस्थामा पुगेको हो ।
सुनसरी–मोरङ्ग सिँचाइ आयोजनाको मूल नहरबाट सुनसरी र मोरङ्ग जिल्लाका ६८ हजार हेक्टर जग्गामा सिँचाई सुविधा उपलब्ध छन् ।
असोज महिनामा धानको बाला निस्कने समय हो । यो समयमा पर्याप्त मात्रामा पानी चाहिन्छ, नहरमा पानी नहुँदा किसानहरु चिन्तित बनेका हुन ।
विराटनगर–१६का किसान बावुनन्दन यादवले नहरले अविलम्ब पानी नदिएमा धानको बाला निस्कन नसक्ने वताउनुहुन्छ । मूल नहरको मुहानमा पानीको पहुँच हुन नसक्दा नहरमा पानी छोड्न नपाइएको सुनसरी–मोरङ सिँचाइ आयोजना विराटनगरले जनाएको छ ।
नहरमा पानी पु¥याउनका लागि चक्र प्रणालीको विधि अपनाएर भएपनि पानी उपलब्ध गराउनका लागि प्रयास भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तारानाथ पौंडेलले जानकारी दिनुहुन्छ ।
बन्द हड्तालका साथै इन्धनको अभाले गर्दा चाहेर पनि मुहानसम्म पुग्न कठिनाइ भइरहेको छ उहाँले भन्नुभयो ।
सो आयोजनाको मूल नहरमा सुनसरीको चतरास्थित कोशी नदीबाट पानी सिँचाइका लागि प्रयोग गरिन्छ । विगत पाँच÷सात बर्षदेखि नदीको स्तर गहरिँदै गएको र नहरको स्तर स्वतः उचाईमा परिणत भएको छ ।
कोशी नदीमा पानी घट्ना साथ मुहानतर्फ पानीको बहाव हुन नपाउँदा पटक–पटक यो समस्या सृजित भएको सो आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पौंडेल भन्नुहुन्छ,‘पहाडबाट कोशी नदीको पानीसँगै बालुवसमेत बगेर आउँछ । विगतका बर्षहरुका तुलनामा यस बर्ष बालुवाको मात्रामा गुणात्मक रुपमा बृद्धि भएको छ ।’
कोशीको चतराबाट सुनसरी र मोरङसम्म ५२ दशमलव ७ किलोमिटर मूल नहरको लम्बाई रहेको र २२ वटा शाखा र उपशाखाको माध्यमबाट सिँचाइ हुँदै आएका छन् ।
पानीको बहाव मुहानतर्फ घटेकाले आउँदो गहुँबालीका लागि पानी दिन नसक्ने अवस्था देखिएको सो कार्यालयले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..