» » विराटनगरमा आन्दोलनकारी र प्रहरीवीच झडप,प्रहरीद्धारा अश्रु ग्यास प्रहार


विराटनगर , १० कात्तिक । विराटनगरमा सोमबार साँझ मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपले तनाव भएको छ । मलाया रोडमा सडक छेउ धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर जवरजस्ती हटाउन खोजेपछि तनाव भएको हो ।
आईतबारदेखि मोर्चाका कार्यकर्ताहरू नेपाल भारत सीमा क्षेत्र रानी भन्दा तीन किलोमिटर उतर गौशाला जाने बाटोमा मलाया रोड छेउमा पाल टाँगेर धर्ना बस्दै आएका छन् । साँझ साढे ७ वजे तिर प्रहरीले धर्नाकारीलाई उठाउन खोजेपछि झडप भएको छ ।मोरङका प्रहरी प्रमुख एसपी तारणीप्रसाद लम्सालले गस्तीमा रहेका प्रहरीमाथी पेट्रोल बम हानेकाले कारवाही गर्नुपरेको बताए ।

उनले प्रहरीवाट केही सेल अश्रुग्यास र केही राउण्ड हवाई फायर गरिएको बताए । आजको कान्तिपुरमा सामाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..