» » सभासद्हरुका लागि आफ्नै घर पराया


राजविराज, असोज १८ गते । आफ्नो घर पराया हुन्छ भन्ने कुरा पत्यार लाग्न सकिदैनन् तर, अहिले यस्तै भएको छ मधेशका जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासदहरुलाई । अघिल्लो सविधानसभाका सभासदहरुले संविधान जारी नगरेपछि जनताको आक्रोश खेप्नु परेको पीडा भन्दा कयौ गुणा अहिले संविधान जारी गरेका सभासदहरुले दर्दनाक अवस्था झेलिरहेको छ ।

मधेशका जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासदहरु न घरको घाटको अवस्थाबाट गुज्रिरहेको छ । संविधान जारी गरेर घर आउने सभासदहरुको आफ्नो क्षेत्र, जिल्ला, गाउँ बस्तीमा स्वागत गर्नुपथ्र्यो तर, त्यस्तो अवस्था देखिएको छैन । छाती फुलाएर हिड्नु पर्ने बेलामा मुसो जस्तो दुलोभित्र पसेको अवस्था सिर्जना भएको छ ।

प्रदेश सीमाकंन र जारी संविधान मधेसी विरोधी रहेको भन्दै मधेसी मोर्चाले थालेको आन्दोलनका कारण सभासदहरु गृह जिल्ला तथा क्षेत्रमा संविधान बारे सचेत गराउन सकिरहेको देखिदैनन् । आन्दोलनकारीले मधेसी विरोधी संविधानमा मधेशबाट प्रतिनिधित्व गर्ने सभासद्हरु समेतले हस्ताक्षर गरेको कारण उनीहरुलाई सार्वजनिक स्थलमा अपमान गर्ने गरेको डरले सभासद्हरु खेलेर घुमफिर गर्न छोडेको आन्दोलनरत मोर्चाको दाबी छ ।

सप्तरी जिल्लाका सभासदहरुले आन्दोलनअघि यहाँ आउँदा सार्वजनिक चौक चौराहामा साथीभाइ, इष्ट मित्र तथा सर्वसाधारणसँग हातेमालो, गफगाफ, कुराकानी गरिन्थ्यो तर अहिले त्यस्तो अवस्था नदेखिएको राजविराजका बुद्धिजीवी सुरेन्द्र दासले बताउनुभयो ।

संविधान जारी भएपछि आन्दोलन झन चर्किएको भन्दै उहाँले आन्दोलित मधेसीहरुले प्रदर्शनको क्रममा प्रधानमन्त्री शुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दहाल, गृहमन्त्री बामदेव गौतम तथा जिल्लाका सभासदहरुको समेत पुत्ला दहनसँगै उनीहरुको विरुद्ध चर्को नाराबाजी गरेको कारण सभासदहरु अपमान हुने डरले खुलेर घुमफिर गर्न छाडेको हुन सकिने बताउनुभयो ।

यस जिल्लाबाट प्रत्यक्ष, समानुपातिक तथा मनोनित गरी १६ जना सभासद रहेका छन । संविधानसभा विघटन भएपछि रुपान्तरित व्यवस्थापिक संसदको हैसियतमा रहेका ती सभासदहरु समेतको सहयोगमा जारी संविधानले अन्तरिम संविधानमा भएको मधेसी अधिकारलाई समेत कटौती गरेर जारी गराउन सहयोग गरेको मधेसी मोर्चाको ठहर रहेको भन्दै मलेठ गाविस–७ का महेश मण्डलले जिल्लाका सभासदहरु विरुद्ध कडा निर्णय लिनुपर्ने बताउनुभयो ।

सप्तरीबाट प्रतिनिधित्व गर्ने सभासदहरु संविधान जारी भएपछि केही सभासदहरु गृह जिल्ला आएपनि खुलेर घुमफिर गर्न सकेको र फेरी रुपान्तरित व्यवस्थापिका संसदको बैठकका लागि काठमाण्डौ फर्केका छन् ।
सप्तरीको क्षेत्र नं. ३ बाट निर्वाचित एमाओवादी सभासद उमेशकुमार यादवले संविधान जारी भएपछि जिल्ला आउन नसकेको जानकारी दिदै संविधान जारीपछि विकसित परिस्थितिका कारण पार्टीभित्र आन्तरिक छलफलमा जुटेकोले चाहेर पनि जिल्ला आउन नसकेको बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो–जिल्लामा मधेसी मोर्चाको जारी आन्दोलनको आफूलाई कुनै डर, त्रास छैन, मोर्चाले उठाउदै आएको माग, हाम्रो पार्टीले उहिलेदेखि उठाउँदै आएको माग हो । व्यवस्थापिका संसदको बैठकले संविधानको संशोधन गरी ती मागलाई समावेश गराउने पार्टीले रणनीति बनाइरहेको छ ।

संविधान जारीपछि जिल्लाको क्षेत्र नं. १ र २ बाट निर्वाचित एमाओवादीका सभासदहरु क्रमशः मानपुर चौधरी, अमर भनिने अशोककुमार मण्डल गृह जिल्ला आउनु भएको थियो तर उनीहरुपनि विगतको तुलनामा यसपाली खुलेर बहस, छलफल गरेको देखिएन । आफ्नो क्षेत्र आउनु भएको क्षेत्र नं. २ का सभासद मण्डलले कार्यकर्ताहरुसँग मात्र भेटघाट गर्न भ्याएकोले समय अभावले आम जनतासँग मिटिङ तथा भेटघाट गर्न नसकेको बताउनुभयो ।

यसबाहेक जिल्लाबाट नेपाली काँगेसका तेजुलाल चौधरी, सुरेन्द्र यादव, एमालेका ताराकान्त चौधरी निर्वाचित भएका छन् । समानुपातिक र मनोनित गरी कुल १६ सभासद मध्ये कुन सभासद जिल्ला आए नआएको भन्ने बारे सर्वसाधारणलाई थाहा भएनन् । अरुबेला जिल्ला आउनु भन्दा २÷३ दिन अघि हल्लाखल्ला हुन्थ्यो ।

मधेसी मोर्चाले आन्दोलन ताका एमाले सभासद रञ्जु ठाकुरको सम्पर्क कार्यालयको बोर्ड तोडफोड गर्नुको साथै कालो झण्डा समेत राखिएको घटनाले अधिकाँश सभासद त्रसित बनेको हो । यस्तै मोर्चाका प्रदर्शनकारीहरुले सभासदहरु रञ्जित कर्ण, मिथिला चौधरी, सुरेन्द्र यादव, उमेशकुमार यादव, सकलदेव सुतिहार, लगायतको घरमा कालो झण्डा राखिएको थियो ।

आन्दोलन चर्किदै जाँदा क्षेत्रहरुमा समेत प्रम, एमाले अध्यक्ष, एमाओवादी अध्यक्ष, गृहमन्त्री तथा सभासदहरुको पुत्ला शवयात्रा गरी पुल्ला दहन, पुत्ला फाँसी, तथा बेइज्जती गर्ने कार्यक्रमले सभासदहरुलाई अझै भयवित बनाइयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..