» » सभामुखका लागि मधेशवादी दलले मतदान नगर्ने


काठमाडौ असोज २९ गते । आज हुने सभामुख र उपसभामुखको चुनावमा आन्दोलनरत मधेशवादी दलका संसदहरुले भाग नलिने भएको छ । सभामुखका लागि एमाओवादीबाट ओन्सारी धर्तीमगर र उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट कुन्तीकुमारी शाहीले उम्मेदवारी दिने तय भएको छ । तर यो सामाचार तयार पर्दासम्म काँग्रेसले कुनै पनि पदमा उम्मेदवारको नाम घोषणा गरेको छैन ।
नेपाली काँग्रेसले हिजो साँझ मधेशवादी दललाई छलफलका लागि बोलाएको थियो । सो छलफलमा मधेशवादी दलका नेताहरुले सभामुख र उपसभामुखको चुनाव आफूहरुको चासोको विषय नभएकाले त्यसमा भाग नलिने जवाफ दिनुभएको छ । असोज २४ गते प्रधानमन्त्रीका लागि भएको चुनावमा आन्दोलनरत मधेशवादी दलका नेताहरुले भाग लिएपछि मधेशमा उहाँहरुको निकै आलोचना भएपछि त्यस्तो जवाफ दिएको हो ।
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको महाराजगञ्जस्थित निवासमा साँझ भएको छलफलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु आन्दोलनमा रहेको हुनाले सत्ताको खेलमा कुनै चासो नरहेकाले सभामुख र उपसभामुखको चुनावमा पनि कुनै चासो नरहेको धारणा राख्नु भएको छ ।
बैठकपछि कुरा गर्दै अध्यक्ष यादवले मधेशवादी दलका लागि काँग्रेस र एमाले एउटै भएका हुनाले उनीहरुसँग सत्ताको खेलमा नलाग्ने बताउनुभयो । सभामुखको चुनावमा भाग लिने कि नलिने जिज्ञासा राख्दा उहाँले भन्नुभयो, आज हुने सभामुख र उपसभामुखको चुनाव बारे कुनै चासो नभएकाले मतदान गर्ने नगर्ने कुरै आउँदैन । हामीले यही कुरा नेपाली काँग्रेसका सभापतिलाई पनि भनेका हौं ।’
संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट छलफलमा सहभागि हुनु भएका मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले आज हुने सभामुख तथा उपसभामुखको चुनावमा आफ्नो मोर्चाले भाग नलिने बताउनुभयो । उहाँले एउटा रणनीतिक तहत प्रधानमन्त्रीको चुनावमा भाग लिँदा मधेशमा यत्रो विरोध भयो अब पनि चुनावमा भाग लियो भने आन्दोनल कमजोर हुने बताउनुभयो । उहाँले आन्दोलन चलिरहेको अवस्थामा सत्तासँग सम्बन्धित कुनै क्रियाकलापमा भाग नलिने उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री कोइरालाले आफूहरु पनि प्रतिपक्षमा तपाईहरु पनि प्रतिपक्षमा भएको हुनाले लोकतन्त्र जोगाउनका लागि सहकार्य गरौ भनि मधेशवादी दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो । सभामुख, उपसभामुख र राष्ट्रपति, उपराष्ट्रको चुनावमा कसरी मिलेर जान सकिन्छ त्यस विषयमा छलफल गरौ भनि उहाँले प्रस्ताव राख्नु भएको थियो ।
त्यसको जवाफमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसअािघ काँग्रेसकै नेतृत्वमा सरकार थियो तर आन्दोलनरत दलसँग राम्रो व्यवहार नगरेको आरोप लगाउनु भएको छलफलमा सहभागि एक नेताले बताउनुभयो । उग्रवामपन्थी तथा लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नका लागि आफूहरुले काँग्रेसमा मतदान गरेपनि तत्कालै काँग्रेससँग घनिष्ठ सहकार्य हुन नसकिने अध्यक्ष ठाकुरले जवाफ दिनुभएको छ ।  

छलफलमा काँग्रेसको तर्फबाट सभापति कोइरालासहित उपसभापति रामचन्द्र पौडेल, नेताहरु डा.रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्र प्रसाद बडु, आनन्द प्रसाद ढुगांना र दिलबहादुर धर्ती हुनुहुन्थ्यो । त्यस्तै मधेशवादी दलको तर्फबाट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका उपेन्द्र यादव र महन्थ ठाकुर, संघीय लोकतान्त्रिक मोर्चाका राजकिशोर यादव र संघीय मधेशी मोर्चाका अनिल झा सहभागि हुनुहुन्थ्यो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..