» » वार्तामा पटक–पटक मागवारे सोधेर अपमान गरेको भन्दै, हृदयेश त्रिपाठी रन्किए

काठमाडौं,कातिक १३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग बिहीबारको वार्तामा सुरुमै सरकारी टोली संयोजक परराष्ट्र मन्त्री कमल थापाले पुरानै सरकारी शैली पछ्याए । वार्ताको एजेन्डामाथि तयारी गर्न भन्दै बिहान बैठक बसेको सुनाउँदै उनले भने,‘आज बिहान प्रचण्डजीको नेतृत्वमा रहेको उच्चस्तरीर राजनीतिक समितिको बैठकमा शीर्ष नेताहरुले सोध्दै हुनुहुन्थ्यो,‘मधेसका मागहरु के–के हुन्, बुँदागत रुपमा आओस अनि छलफल गरौंला ।’ 



परराष्ट्रमन्त्रालयमा सवा १ बजे सुरु वार्तामा थापाले बोलिसक्नेबित्तिकै आन्दोलनरत मोर्चाका तर्फबाट तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी कड्किए,‘हामीले हरेक पटकका वार्तामा भनेका छौंः मधेसमा दुई प्रदेश हुनेगरी सीमांकन हाम्रो आन्दोलनको मुख्य माग हो । अझै हामीलाई मधेसका माग के हुन् भनेर अपमानित गर्ने ?’ सरकारी टोली र मोर्चाबीच वार्ता भए पनि विनानिष्कर्ष टुंगियो, आजको कान्तिपुर दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..