» » मधेशको विरोधमा चीन रहेको भन्दै मधेशी युवाले चीनको झण्डा जलाए, प्रचण्ड चीन जाँदै


सप्तरी, असोज २० गते । स्वतन्त्र मधेशी युवा समूहले सप्तरीको पोर्ताहा, भारदह मधवापुरका युवाहले आज चीनको झण्डा जलाएका छन् ।
नेपालमा चीनको बढ्दै गएको हस्तक्षेपको विरोध गर्दै सप्तरीका स्वतन्त्र युवा समूहले चीनको झण्डा जलाएको छ । चीनले नेपाल सरकारलाई सहयोग गरेको कारणले नेपालले मधेशी माथि दमन गरेको निष्कर्ष निकल्दै चीनको विरोध गरेको छ ।

       भारदह बजारमा भेला भएका युवाहरुले चीनको विरोधमा नाराबाजी गर्दै झण्डा जलाएका हुन् । करिब एक सयको संख्यामा भेला भएका युवाहरुले चीन सरकारले मधेश विरोधी विज्ञप्ति प्रकाशित गरी मधेशी, थारुलगायतको मागलाई दमन गर्न खोजेको सरकारलाई मद्दत गरेको कारण झण्डा जलाइएको बताएका छन् । कार्यक्रम शंकर खिडहरी यादवको संयोजकत्वमा आयोजना गरिएको थियो ।
सविधान निर्माणप्रति भारत असन्तुष्ट रहेको अवस्थामा एमाओवादीका अध्यक्ष प्रचण्डले चीनको भ्रमणमा जान लागेका हुन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड असोज २८ गते चीन लागेका हुन् ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..