» » कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न


उर्मिला यादव
नवलपरासी, असोज २७ गते । देवगाँव आयआर्जन साना किसान कृषि सहकारी संस्था लिमिटेडको आज २० आंै साधारणसभा एक समारोह बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तथा साधारण सभाका अध्यक्ष हैदरअलि मोमिनको अध्यक्षतामा देवगाँव ७ बरारी संस्थाको आफनै प्रागंणमा हिजो सभा सम्पन्न भएको हो ।
     

 संस्थाका अध्यक्ष मोमिमले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको कुल शेयर पुँजी रु १६ लाख ८० हजार १ सय, कुल बचत संकलन ३५ लाख ४५ हजार ४८९ रहेकोमा २७ लाख ७० हजार ३१९ रपिया बचत फिर्ता समेत गरिएको उल्लखे गरिएको छ । संस्थाले विगतका वर्षहरुदेखिनै कृषि, व्यवसाय, पशुपालन र घरायसी क्षेत्रमा विषेश गरि लगानी गर्ने गरेको र हालसम्म संस्थाले सो क्षेत्रमा ९० लाख ५५ हजार १०८ रुपिया लगानी गरिसकेको छ भने ४० लाख ५ हजार ७९५ रुपिया ऋणअसुली समेत पनि गरिसकेको अध्यक्ष मोमिनले प्रतिवेदनमार्फत जानकारी गराउनु भयो ।

२०५३ सालमा संस्था स्थापना भई अहिलेसम्म ४ सय ४८ जना शेयर सदस्य थपिसकेको छ भने अझै शेयर सदस्य थपिने संस्थाको लक्ष्य छ । साथै संस्थाले यसवर्ष संस्थाको प्रकृति परिवर्तन, सहकारी शिक्षा तालिम, सहारी सम्बन्धी जनचेतना, सरकारी कार्यक्रम, पोखरी तथा तटबन्ध निर्माण, पशुको डाटा संकलन, भवन निर्माण, सरावलमा पनि क्षेत्र विस्तार र शौचालहरु निर्माण समेतको गतिविधि गरेको अध्यक्ष मोमिनले बताउनु भयो ।

सभाका अध्यक्ष हैदर अलि मोमिन, प्रमुख अतिथि एवं साना किसान विकास बैंक लिमिटेडका संचालन सुकदेव न्यौपाने, विशिष्ट अतिथि एवं साना किसान कृषि सहकारी संस्था बुटवलका अध्यक्ष अमरजित चौधरी, अतिथि, शेर बहादुर चौधरी, जगदिश चौधरी, रामउग्रह यादव, मदारी चौेधरी, सरस्वती चौधरी, राजमंगल पाण्डे ,  निरमाया चौधरी, पवनरेखा चौधरी, जंगबहादुर चोधरी लगायतका वक्ताहरुले सहकारी किसानहरुको हकहितका लागि हो भन्दै यसमा आवद्ध हुन आग्रह गरेका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..