» » सर्वदलीय बैठकमा पनि टुगों लागेन राष्ट्रपतिको


काठमाडाँै,  कात्तिक ८ गते । राष्ट्रपति चयनका लागि सहमति जुटाउन आज भएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सो बैठकमा नेकपा ९एमाले० र नेपाली काँग्रेसका तर्फबाट आआफ्ना उम्मेदवारी दिने धारणा प्रस्तुत भएपछि सहमति जुट्न नसकेको हो ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा भएको बैठकमा सहमतिका आधारमा राष्ट्रपतिको चयन हुन थप समय दिने वा प्रक्रियामा अघि बढ्ने भन्नेमा नेताहरुबीच मत्यैक्य भएन ।

संसद् सचिवालयले सहमतिका आधारमा राष्ट्रपति चयनका लागि आजसम्मको समय निर्धारण गरेको छ भने सहमति नभएमा यही कात्तिक ११ गते निर्वाचन हुने कार्यक्रम छ ।
यसैबीच आज अपराह्न ४३० बजेका लागि निर्धारण गरिएको व्यवस्थापिका – संसद्को बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको सहमतिकै आधारमा चयन गर्न आजसम्मका लागि समय दिइएकामा दलबीच सहमति नभएकाले बैठक स्थगन भएको संसद् सचिवालयले जनाएको छ ।

संसद्को अर्को बैठक यही कात्तिक ११ गते बस्ने यसअघि नै तय भएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..