» » उपराष्ट्रपतिको निर्वाचनमा मतदान सकियो, साझ ५ वजे मतपरिणामा सार्वजनिक गर्नेँ

काठमाडौं, कार्तिक १४ गते । नयाँ संविधान जारी भएको अनुरुप नेपालको दोस्रो उपराष्ट्रपतिका लागि आज निर्वाचन हुँदैछ । व्यवस्थापिका संसदको बैठकमा आज बिहान ११ बजेवाट सुरु भएको मतदान कार्यक्रम सकेको छ । निर्वाचनमा सत्तारुढ र विपक्षीबीच प्रतिस्पर्धा भएको छ । 

सत्तारुढ गठबन्धनले एमाओवादी स्थायी समिति सदस्य नन्दबहादुर पुन र विपक्षी कांग्रेसले मधेसका पुराना नेता अमियकुमार यादवलाई अघि सारेको छ ।
सत्तारुढ गठबन्धनका उम्मेदवार पुनको जित लगभग निश्चित देखिएको छ । सत्तारुढ गठबन्धनमा एक सय ८३ मत भएको एमाले, ८२ मत भएको एमाओवादी, २५ मत भएको राप्रपा नेपाल, १४ मत भएको फोरम लोकतान्त्रिक, १२ मत भएको राप्रपालगायत दल छन् । उपराष्ट्रपतिमा निर्वा्चित हुन तत्काल कायम रहेका कुल सदस्य संख्या पाँच सय ९७ को बहुमत कम्तीमा दुई सय ९९ मत ल्याउनुपर्नेछ । अहिले मतदान कार्यक्रम सकेर त्यसपछि आजै साँझ ५ बजे बस्ने संसद बैठकले मतपरिणाम सार्वजनिक गर्नेछ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..