» » मधेशको माग बेवास्ता गरेकै कारण जनता दुःख पाइरहेछ ः प्रभु शाह

रौतहट, गरुडा, असोज १७ गते । एकीकृत नेकपा (माओवादी) का  नेता एवम् पूर्वमन्त्री प्रभु साहले तराई मधेसको मागलाई सरकारले बेवास्ता गरेका कारण मुलुकका जनताले दुःख पाइरहेको छ, भन्दै एक कार्यक्रममा भन्न्ु भयो ।

मधेस आन्दोलन सङ्घर्ष समिति रौतहटद्वारा आज गरुडामा आयोजित जनसभामा सभासद्समेत रहनुभएका साहले तराई मधेसको मागलाई सरकारले बेवास्ता गरेकाले ५० दिनदेखि जारी आन्दोलन थप कडा बनाउने बताउनुभयो ।

कार्यक्रममा वोल्दै जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्ने भन्दै झापा जिल्लादेखि कञ्चनपुरसम्म एक अथवा दुई प्रदेश बनाउन सकिने भन्दै राज्यका सबै निकायमा समावेशी समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री महेन्द्र पासवान, एमाओवादीका पूर्व केन्द्रीय सदस्य रामकुमार शर्मालगायतका वक्ताले बोल्नुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..