» » काठमाडौँमा तँ मधेशी गाली गर्दै विद्यार्थीमाथी निर्घात कुटपिट

काठमाडौं, असोज २८ गते । विगत तीन सतादेखी नाकामा मधेशीहरुले धर्ना दिएर काठमाडौँमा समान आयात हुन नदिको आक्रोसमा काठमाडौंमा एक मधेशी विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।

कोटेश्वरस्थित जडीबुटी नरेफाँटमा डेरा गरी बस्ने महतोलाई पहाडी समुदायको मानिस सित सामान्य विवाद हुँदा मधेशी विद्यार्थी सुनिल महतोमाथि कुटपिट भएको हो । नरेफाँटकी पहाडी समुदायकी महिला बिन्दु शर्माले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अरुसँगै सामान्य विवाद भइरहँदा सहजकर्ताको रुपमा झगडालाई छुटाउन गएका महतोलाई ती महिलाले ‘तँ मधेशी भएर यत्रो कुरा गर्ने’ भन्दै कुटपिट गरेकी थिइन् । ती महिलाले महतोको हातमा दाँतले काटेर उनको हातको छालासमेत निकालिदिएकी छन् । साथै उनीमाथि रडले समेत कुटपिट गरिएको बताइएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..