» » ओली सरकारको बालुवाटारमा शानदार भोज, देशवासी कयौँ दिनदेखी भोक–भोकै

काठमाडौं,कातिक १३ गते । भारतको नाकाबन्दीसँगै इन्धन संकटले चुलो नबलेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने दलका नेता तथा सांसदलाई भोज खुवाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन भएको खुसीमा दलका नेता र सांसदलाई सरकारी निवासमा भोज दिएका हुन् । 

 
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित भव्य भोजमा सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदका साथै अन्य दलका नेतासमेत गरी करिब ६ सयजना उपस्थित थिए । ‘संविधान जारी र त्यसको कार्यान्वयक्रममा सरकार गठन, राष्ट्रपति र सभामुखको निर्वाचन सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्दै दिवाभोज आयोजना गर्नुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘सत्तापक्ष र विपक्षी दुवैतर्फका सांसद र नेताको सहभागिता थियो ।’
दाहालले सरकारका तर्फबाट नभई ओलीले व्यक्तिगत रुपमा भोज आयोजना गरेको बताए ।भोजमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, एमाओवादीका अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित विभिन्न दलका नेताको सहभागिता थियो, आजको नागरिक दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..