» » वार्ता टोली र मोर्चाको वैठक जारी

काठमाडौं,असोज १९ गते । सरकार र प्रमुख तीन दलको वार्ता टोली र आन्दोलनरत मधेसी मोर्चाबीच आज वार्ता जारी रहेको छ । आज मंगलवार विहान  १० बजे सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा भइरहेको वार्तामा मधेसी मोर्चाले संविधान संसोधनमा आधिकारिक धारणा राखको छ ।
सोमवार मधेशी मोर्चाले संविधान संसोधनका लागि १७ बुँदा माग तयार गरेको थिए । मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीको मंगलवार पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारसँगको वार्तामा विभिन्ने माग पेश गर्ने निर्णय भएको मोर्चाका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनु भएको छ ।
मोर्चाले सीमाकंन, राज्यपुनर्संरचना, समानुपातिक समावेशी, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता समबन्धी लगायतको मागहरुमा संशोधन हुनुपर्ने माग पेश गर्ने गर्दैछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..