» » संधीय मधेशी मोर्चाले सरकारी वार्ता टोली समक्ष राख्यो १०२ बुदेँ संविधान संशोधन प्रस्ताव

काठमाडौँ, कातिक १० गते । नेपाल सदभावना पार्टी अध्यक्ष अनिल झा नेतृत्वको संघीय मधेशी मोर्चा र गठन भएको सरकारी वार्ता टोली वीच सिंहदरवारमा मंगलवार औपचाीरक रुपको वार्ता भएको छ । जारी मधेस आन्दोलनको आज ७३ औं दिन आइपुग्दा संंर्घषरत संघिय मधेसी मोर्चाले ११ बुदेँ प्राम्भिक सर्त र  संविधानमा संशोधनको लागि १०२ बुदँे मागपत्र बुभाएको छ ।

निकै लामो समयसम्म चलेको वार्तामा मधेशी मोर्चाले लिखित रुपमा नै माहरु सरकारी वार्ता टोली समक्ष बुझाएको छ ।  नेपाल सरकारको तर्फबाट वार्ता टोलीका संयोजक उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको उपस्थितीमा भएको सो वार्तामा मोर्चाले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने प्रारम्भिक सर्तको रुपमा मोर्चाले मधेश आन्दोलनमा मारिएकाहरुलाइ शहिद घोषण गर्नु पर्ने, आन्दोलनको क्रममा घाइते भएकाहरुलाई निशुल्क उपचार गरिनु पर्ने, आन्दोलनकारी माथी लगाइएको मुदा फिर्ता लिनु पर्ने र भौतिक क्षतिपुर्ति दिनुपर्ने लगायतका मागहरु समावेश गरि मागपत्र बुझाएको छ ।

मोर्चाद्वारा प्रस्ताव गरिएको त्यो संबिधान संशोधनमा भाषाको संन्र्दभमा नेपाली पछि हिन्दी र अंग्रेजी भाषा थप्नु पर्ने , प्रस्तावनामा मधेस बिद्रोह लगायतका आन्दोलनहरु , राष्ट्रिय गानमा मधेस शब्द , नागरिकता सम्बन्धमा नेपालको अन्तरिम संबिधान २०६३ को भाग २ बमोजिम व्यवस्था, त्यसैगरि सिमांकनको सवालमा भित्रि मधेस,चुर भांवर लगायतका क्षेत्रहरु दक्षिणी प्रदेशमा राखिनुपर्ने  लगायतका प्रस्तावहरु पेश गरेको छ । यसैगरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र , राज्यको हरेक निकायमा मधेसी ,सिमांकृत ,अदिवासी,दलित ,थारु,अल्पसंख्यक मुस्लिम,महिला लाई समानुपातिक एवं समावेसी प्रतिनिधित्व गराउनुपर्ने ,आयोग ,नियोग ,संस्थान र प्रतिस्थानहरुको स्वरुप संघिय हुनुपर्ने माँग राखिएको छ ।

त्यसैगरी अदालतहरु अहिले पनि एकात्मक रहेकोले संघिय स्वरुप  ,संघिय प्रहरीको व्यवस्थालाई खारेज गरी प्रान्तीय प्रहरीको व्यवस्था गर्नुपर्ने लगायत १०२ बुदे संबिधान सशोधनको प्रस्ताव गरिएको छ । मोर्चाले प्रस्तुत गरेको सो माँगहरु प्रति नेपाल सरकार गम्भिर रहेको र प्रस्तुत माँग संम्बेदनशिल एवं बिचारनिय भएकोले यसमा अध्ययन गरी  सरकारमा सहभागि अन्य दलहरु संग छलफल गरेर पुन अर्को बैठकमा सरकारले आफनो धारणा स्पष्ट गर्ने बार्ता टोलीका संयोजक एवं उपप्रधानमन्त्री कमल थापाले बताउनुभयो ।  बार्तामा मोर्चाको तर्फबाट नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झा,माननीय डा. डिम्पल कुमारी झा,शिव पटेल,कौश्लेन्द्र मिश्र,कौशल सिंह,गंगा महरा,नन्दन यादव र नेपाल सरकारको तर्फबाट वार्ता कमिटीका संयोजक कमल थापा,मन्त्रीद्वव रामजनम चौधरी र रेखा शार्मा लगायतको उपस्थिती रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..