» » अनिल झा नेतृत्व गरेको मोर्चाको निर्णय यस्तो आयो


संघीय मधेशी मोर्चा
केन्द्रिय कार्यालय, काठमाण्डौं
                                                               मितिः २०७२। ६ । १७

संघीय मधेशी मोर्चाको बैठक नेपाल सद्भावना पार्टीको केन्द्रिय कार्यालय, शान्तिनगर, काठमाण्डौमा मिति २०७२।६।१४ गते बाट आरम्भ भै १६ गते सम्पन्न भएको छ  । बैठकमा संघीय मधेशी मोर्चाले बिगत ५१ दिन देखि मधेशमा निरन्तर जारी अहिंसक र शान्तिपुर्ण संघर्ष तथा आन्दोलन एवं मोर्चाको भावी रणनीति र देशको समसामयिक राजनीतिक अवस्था को सम्बन्धमा छलफल गरी निर्णय गरीयो । बैठकले ५१औं दिनसम्मको मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका योद्धाहरु प्र्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले मधेश आन्दोलनको समिक्षा गर्दै सरकार, सत्ता पक्ष र तीन दलको मधेश विरोधी दमनकारी नीतिको निन्दा गरेको छ । राजनीतिक समस्याको निकास वार्ता र संवाद मार्फत नै हुने तथ्य प्रति विश्वस्त रहदैं मोर्चाले यस अघि घोषित कार्यक्रमहरु अनिश्चितकालिन धर्ना, घेराऊ, चक्काजाम, कलकारखाना र उद्योगधन्दा, व्यापारीक प्रतिष्ठान, शिक्षण संस्था र सरकारी कार्यालय सहित सम्पुर्ण मधेश बन्द र नेपाल–भारत सीमाको नाकाबन्दी, अनशन लगायतका कार्यक्रमहरु लाई निरन्तरता दिने निर्णय गरेको छ, यसका साथै आन्दोलनका जारी कार्यक्रमहरु सुस्ताउन थालेको भनी राज्य पक्षबाट विश्लेषण र मूल्यांकन हुन थालेको अवस्थामा आन्दोलनलाई थप सशक्त पार्न समस्त संघर्षरत मधेशी जनसमुदायलाई संघीय मधेशी मोर्चा आग्रह गर्दछ ।
यस वर्षको दशैं, तिहार र छठ जस्ता महान पर्वहरुका बेला पनि मधेशी जनतालाई सडक मैं संघर्षरत रहन बाध्य पार्ने सरकार, सत्ता पक्ष र तीन दलको मनःस्थिति रहेको बुझिन्छ । अतः यस वर्षका उक्त पर्वका समयहरु सडक मैं बिताउन मानसिक रुपले तैयार हुन हामी सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौं ।
भारतले नाकाहरु सुचारु गर्न आदेश दिएको प्रचारबाजीको पछि नलाग्न अपील गर्दै मोर्चाले हामीले गरेको नाकाबन्दी अरु कसैको निर्देशनमा फिर्ता नहुने र नाका नखुल्ने तथ्य सम्बन्धित सबैको जानकारी र नाकाबन्दीको निरन्तरता बारे स्पष्ट गर्दछ ।
बैठकले आन्दोलनको कार्यक्रमहरुलाई अझ ससक्त बनाउन आन्दोलनरत पक्षहरुका बिच सहकार्यका लागि मधेशमा आन्दोलनरत मोर्चा, राजनीतिक दल र विभिन्न पक्षहरुसँग वार्ता, समन्वय र सहकार्यको वातावरण तैयार गर्नका लागि निम्नानुसारका पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा निम्नानुसारका सदस्यहरु लाई राखिएको छः

१. श्री कौशलेन्द्र मिश्र, २. श्री सी.एन. खडगा, ३. श्री पुजन महरा, ४. श्री धर्मेन्द्र यादव र ५. श्री राम ईश्वर यादव

संघीय मधेशी मोर्चाको बैठकले २०७२ श्रावण ३० गते देखि जारी आन्दोलनलाई अझ बढी उचाईमा पु¥याई मधेशी जनताको अधिकार संविधानमा लिपिबद्ध गराउन संघर्षका कार्यक्रमहरुलाई सशक्त र आम मधेशी जनसमुदायसम्म पु¥याउन आवश्यक ठहर गर्दै निम्न अनुसारका आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्दछः

१. हस्ताक्षर अभियान संचालन गर्ने ः मधेशमा जारी आन्दोलनको समर्थन र नेपालमा जारी गरिएको संबिधानमा मधेशी अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको समर्थन र सहयोगको लागि एक हप्ते हस्ताक्षर अभियान संचालन गर्ने । यो कार्यक्रम मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार, चौक चौराहामा गर्ने तथा मधेश बाहिर मधेशी समुदायको उपस्थिति रहेको स्थानहरुमा समेत संचालन गर्ने,
जारी आन्दोलनको पक्षमा जनमत सिद्ध गर्दै मधेशको पहिचान र अधिकारको समर्थनमा संकलन गरिने न्यूनतम ४० लाख हस्ताक्षर नेपाल स्थित संयुक्त राष्ट्र संघको आवासिय प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पठाईनेछ । सो कार्यक्रममा नेपाल स्थित सबै कुटनीतिक नियोग प्रमुख÷प्रतिनिधिको समुपस्थितिको लागी आग्रह गरिनेछ ।

२. मिति ः २०७२ । ६ । १८ गते सोमवार साँझ ६ः३० बजे— कैण्डल मार्च (मैनबत्ती यात्रा) गर्ने । मधेश आन्दोलन क्रममा शहादत प्राप्त गरेका वीर शहीदहरुको आत्माको चीरशान्तिका लागि मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार र चौक चौराहाहरुमा एकै चोटी एकै समयमा कैण्डल मार्च (मैनबत्ती यात्रा) प्रदर्शन गर्ने,

३. मिति ः २०७२ । ६ ।२० गते बुधवार विहान  ११ः०० बजे —थाल ठटाउने कार्यक्रम  गर्ने । नाकाबन्दीले पहाड र हिमाल मात्र होइन, ५४ दिनको बन्दले मधेश पनी खाली र पीडित छ, मधेशीलाई पनी पीडा छ तर अधिकारको लागी भोकभोकै लडन तैयार छौं भनी सन्देश दिन मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार र चौक चौराहाहरुमा एकै चोटी, एकै समय, एकैसाथ थाल ठटाउने कार्यक्रम गर्ने,

४. मिति ः २०७२।६।२२ गते, शुक्रवार—पुरुषहरुको अद्र्धनग्न जुलुस, दिउँसो १ः०० बजे । सरकार, सत्ता पक्ष र तीन दल (नेपाली कांग्रेस, नेकपा (एमाले) तथा एनेकपा (माओवादी) द्वारा मधेश आन्दोलनको बिरुद्धमा भईरहेको नाङ्गो नाचको विरोधमा मधेशी पुरुषहरुको अर्धनग्न जुलुस मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार र चौक चौराहाहरुमा समेत एकैसाथ गर्ने ।

१. नेपाल सद्भावना पार्टी   अध्यक्ष, अनिल कुमार झा
२. लोक दल अध्यक्ष, कौशल कुमार सिंह
३. बहुजन समाज पार्टी, नेपाल अध्यक्ष,  गंगा महरा
४. लोकतान्त्रिक पार्टी नेपाल प्रवक्ता,  धर्मेन्द्र यादव
५. नेपाल समाजबादी पार्टी (लोहियावादी)   अध्यक्ष , नन्दन यादव

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..