» » त्रिपाठीले भने, पहिलाको सम्झौता कार्यान्वयन होस्

परासी, असोज १७ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता हृदेश त्रिपाठीले सरकारलाई मधेसवादी दलसँग यस अगावै भएको सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

उहाँले आज नवलपरासीमा पत्रकारसँग कुरा गर्दै मधेसको आन्दोलनप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै शीर्ष तीन दल सरकार बनाउने खेलमा लागेको टिप्पणी गर्नुभयो ।

जारी आन्दोलनप्रति भारतीय पक्षबाट भएको समर्थन नेपालमा विभिन्न पक्षका लागि आलोचित र प्रशंसनीय भएको उल्लेख गर्दै नेता त्रिपाठीले भारतको हरेक सहयोग परिवर्तनका लागि भएको जिकिर गर्नुभयो ।

जारी आन्दोलन निकासबारे पत्रकारले सोधेको जिज्ञासामा उहाँले हामीले नयाँ थप माग राखेका छैनौँ अन्तरिम संविधानबमोजिम यस अगावैको सहमति कार्यान्वयन भए देशले निकास पाउने दाबी गर्नुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..