» » संविधान बनाउन गरे २९ अर्व खर्च

काठमाडौं, असोज २९ गते । संविधानसभाबाट संविधान बनाउन २९ अर्ब खर्च भएको छ । यसमा निर्वाचन आयोग, निर्वाचनमा सुरक्षा निकायको खर्च र संविधानसभा सचिवालयको खर्च जोडिएको छ । 

पहिलो संविधानसभा निर्वाचनमा सरकारले करिब आठ अर्ब रुपैया खर्च गरेको छ । यसमा निर्वाचन अयोग, सुरक्षा व्यवस्थाका लागि सुरक्षा निकायलाई दिएको खर्च समावेश गरिएको अर्थमन्त्रालयले जनाएको छ । दोश्रो संविधानसभा निर्वाचनमा सरकारले निर्वाचन आयोग र सुरक्षा निकायका लागि कुल १६ अर्ब रुपैयाँ खर्च भएको अर्थमन्त्रालयको तथ्याङकमा उल्लेख छ ।
निर्वाचनमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले करोडौं खर्च गरेका थिए । तर, उनीहरुको खर्च विवरण पारदर्शी छैन । पहिलो संविधानसभा र दोस्रो संविधानसभाले ६ वर्ष सात महिना २५ दिन काम गरेको थियो । 

संविधानसभा सचिवालयले तयार पारेको विवरणअनुसार दुवै संविधानसभामा गरी चार अर्ब ६३ करोड ८३ लाख, ६४ हजार तीन सय ५८ रुपैयाँ ६ पैसा खर्च भएको  छ ।
पहिलो संविधानसभा निर्वाचन गर्दा आठ अर्ब खर्च
पहिलो संविधानसभा निर्वाचन गर्न सरकारको आठ अर्ब खर्च भयो । निर्वाचन आयोग र चुनावी सुरक्षाका लागि सुरक्षा निकायमा यो रकम खर्च गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

दोस्रो संविधानसभा निर्वाचन गर्दा १६ अर्ब खर्च
संविधान नबनाई पहिलो संविधानसभा विघटन भएपछि ५ मंसिर ०७० मा दोस्रो संविधानसभा चुनाव भयो । चुनाव गर्न १६ अर्ब रुपैयाँ खर्च भयो । त्यो रकम सरकारले निर्वाचन आयोग र सुरक्षा निकायलाई दिएको थियो ।

पहिलोमा २४ र दोस्रोमा १६ शीर्षकमा खर्चस्
पहिलो संविधानसभामा सभासद्–कर्मचारीको तलबभत्ता, पोसाक, तालिम, फर्निचर, सवारीसाधन, मेसिनरी औजार, पुाजीगत सुधार, सामाजिक सेवा सर्त अनुदानलगायतका २४ शीर्षकमा खर्च भएको थियो । त्यस्तै, दोस्रो संविधानसभामा सभासद्–कर्मचारीको तलबभत्ता, औषधि–उपचार, पानी–बिजुली, सञ्चार, घरभाडा, इन्धन, मर्मतसम्भार, कार्यालय, सेवा र परामर्श, भ्रमणलगायत १६ शीर्षकमा खर्च भएको सचिवालयले जनाएको छ ।

दुवै संविधानसभामा सकियो साढे चार अर्ब
१४ जेठ ०६५ देखि १४ जेठ ०६९ सम्मको पहिलो संविधानसभाको कार्यकालमा ३ अर्ब ३ करोड ४४ लाख ७१ हजार २७८ खर्च भयो । दोस्रो संविधानसभा ८ माघ ०७० देखि ३ असोज ०७२ सम्म चल्यो । संविधान जारी भएको दिन रात्रिभोजसमेत गरी १ अर्ब ६० करोड ३८ लाख ९३ हजार ७९ रुपैयाँ खर्च भयो ।

सभासद् र कर्मचारीको तलबभत्तामा सवा दुई अर्ब
कुल खर्चमध्ये सबैभन्दा धेरै सभासद् र कर्मचारीको तलबमा २ अर्ब २९ करोड १ लाख २४ हजार १२० रुपैयाा खर्च भएको छ । महागी र अन्य भत्ता गरी राज्यकोषबाट उनीहरूको भत्तामा मात्रै ४१ करोड १८ लाख ४७ हजार ३९४ रुपैयाँ खर्च भएको छ ।

संविधानसभा भवनको भाडा साढे ७० करोड
संविधानसभा रहेको अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रको भाडामा मात्रै ७० करोड ६४ लाख १ हजार ७१८ रुपैयाँ खर्च भएको छ । यो भवन काठमाडौं महानगरपालिकाको स्वामित्वमा छ ।

कार्यक्रममा सवा २० करोड
विभिन्न कार्यक्रम गर्न २० करोड २४ लाख ५४ हजार २ सय ८ रुपैयाँ खर्च भएको छ । सुझाब संकलन, प्रकाशन, अनुगमन टोलीको भ्रमण, बिमा, विज्ञापन खर्चलगायत यसमा जोडिएको छ । संविधान घोषणा कार्यक्रममा मात्रै ८४ लाख ९३ हजार ३१४ खर्च भएको छ ।

विविध शीर्षकमा ३६ करोड
संविधानसभाले विविध शीर्षकमा मात्रै ३६ करोड ३९ लाख ६६ हजार ९ सय ४५ रुपैयाँ खर्च गरेको छ । विविधमा के–के शीर्षक अटाइए भन्ने खुलाइएको छैन ।

भ्रमणमा साढे चार करोड
सभामुखदेखि कर्मचारीसम्मको भ्रमणमा ४ करोड ५३ लाख ६३ हजार ८०१ रुपैयाँ खर्च भएको छ । त्यस्तै, औषधि खरिदमा ३८ लाख तीन हजार ३९६ रुपैयाँ खर्च भएको छ । आजको नयाँ पत्रिकामा खबर  छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..