» » सिमांकनको विवाद टुग्यांउन सरकारले मागे चार दिनको समय


काठमाडौ कात्तिक ८ गते । सिमांकनको विवाद मिलाउन सरकारी वार्ता टोलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग चार दिनको समय माग गरेको छ । सरकारले सिमांकनको विषय सवैधानिक आयोगबाटै टुगों लगाउने प्रस्ताव गरेपछि मधेशी मोर्चाले त्यसलाई अस्वीकार गरेका कारण सो समितिले चार दिनका लागि समय माग गरेका थिए ।
दुई पक्षबीच परराष्ट्र मन्त्रालयमा आज बसेको बैठकमा मधेशी मोर्चाले सिमांकनको विषयमा स्पष्ट हुन भनेपछि सरकारी वार्ता टोलीले सिमांकनको विवाद आयोगले टुग्यांउने भनेपछि मोर्चाले सो प्रस्ताव अस्वीकार गरेका थिए । त्यसपछि सरकारी वार्ता टोलीले १२ गतेको समय माग गरेका बैठकमा सहभागि एक नेताले बताए ।
प्रधानमन्त्री लगायत अन्य दलसँग सिमांकनको विषयमा छलफल गनुपर्ने भएकाले केही दिन समय माग गरेका थिए ।
सो चार दिनको अवधिमा मधेशी मोर्चाले अघि सारेको पाँच बुँदे शर्त पूरा गर्ने सरकारले प्रतिवद्धता जनाएको छ । तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले आफूहरुले राखेको दगांक्षेत्र घोषणा फिर्ता, सेना फिर्ता, घाइतेलाई उपचार, मृतकलाई सहिद घोषणा, मृतक परिवारलाई क्षतिपूर्तिलगायतका शर्त सरकारले पूरा गर्ने प्रतिवद्धता सरकारको तर्फबाट आएको बताए ।
यी शर्तहरु पूरा गर्न त्यसको समन्वय गर्ने जिम्मेवारी कानुनमन्त्री अग्नी खरेललाई दिएको नेता यादवले बताए । मोर्चाको तर्फबाट यसको समन्वय गर्ने जिम्मेवारी संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतलाई दिएको छ ।
यसअघि कात्तिक ४ गते बैठक बसेको थियो । सो बैठकमा सिंमांकनको विषयमा टुगों लगाउन सरकारी वार्ता समितिले एक दिनका समय माग गरेका थिए । तर, सो समयमा कुनै पनि प्रगति हुनसकेका थिएन ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..