» » नाका धर्नामा वसेका फोरमका दुई केन्द्रिय नेता प्रक्राउ


पथरी -मोरङ_,असोज १८ गते । विराटनगरस्थित भन्सार नाका सडकखण्डमा धर्ना बसेका सङ्घीय समाजवादी फोरमका दुई केन्द्रीय सदस्यलाई प्रहरीले गएराति पक्राउ गरि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीहरुले धर्नास्थलबाट हटाउन खोज्दा प्रहरी र कार्यकर्तावीच तनाव हुदाँ समाजवादी फोरमका केन्द्रीय सदस्य रामविलास यादव र भुराज राईलाई नियन्त्रणमा लिइएको हो ।
धर्नामा बसेका आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीले तीन सेल अश्रृग्यास समेत प्रहार गरेपछि आन्दोलनकारीहरुलार्ई नियन्त्रणमा लिएको थियो । त्यसपछि चारसयभन्दा बढी सवारी साधन गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..