» » कसले फिजायो नकाबन्दी खुल्ने हल्ला

काठमाडौ असोज १६ गते । दश दिनदेखि ठप्प रहेको नेपाल भारतको सीमा नाका खुल्ने हल्ला दिल्लीबाट फिजाइएको हो । काठमाडौमा आएर दिल्ली फर्केका नेपालका लागि भारती राजदुत दीपकुमार उपाध्ययले त्यहाँका केही नेता तथा ब्यूरोक्राइससँग नाकाबन्दी खुलाउने विषयमा कुरा गरेका छन् ।

कुराको क्रममा त्यहाँका पदाधिकारीले राजदूतलाई उल्टै झपार्दै भनेका छन्, भारतले कहाँ नाकाबन्दी लगाउको छ जो तपाईहरुले नाकाबन्दी खोलाई दिनुस् भन्नुहुन्छ । हामीले नाकाबन्दी नलगाएको कुरामा पहिला तपाईहरु स्पष्ट हुनुस् । यो कुरा नेपाल सरकारलाई पनि बताई दिनुस् । बेकारमा भारतलाई बदनाम गराउने काम गरेको छ । हामीले नाकाबन्दी लगाएको छैन भने कुरा पटक पटक स्पष्ट पारिसकेका छौ तैपनि नेपालबाट यसलाई जवर्जस्ती उठाउने काम भएको छ ।’

ती पदाधिकारीले तराई मधेशमा भइरहेको आन्दोलनका कारण यो असहज अवस्था सृजना भएको हो, यसलाई सल्टाउने तिर जान आग्रह गर्दै नाकाबन्दी खुलाउनेमा सहजकर्ताको भूमिका निभाई दिने आश्वास दिएको स्रोतले जनाएको छ । भारत सीमा क्षेत्रसँग जोडिएको क्षेत्रमा आन्दोलन हुँदा यताबाट समानहरु लिएर जान नसकेको र सीमा नाकामा आन्दोलनकारी बसेकाले पनि यो अवस्था आएकाले राजनीतिक रुपमा यसलाई सल्टाउनुपर्ने पनि समेत सुझाव दिएको स्रोतले जनाएको छ ।

नाकाबन्दी खुलाउनका लागि सहजकर्ताको भूमिका खेल्ने दिने कुरा राखेपछि राजदूत उपाध्ययले नेपालका केही पत्रकारलाई फोन गरी बताई दिएपछि यो हल्ला फैलिएको हो । त्यस्तै दिल्लीमै रहेका ऋषि धमलाले पनि नाकाबन्दी खुलाउन भारतीय विदेश मन्त्रालयले निर्देशन दिएको कुरा यहाँका केही अनालाइनलाई टिपाई दिएपछि नाकाबन्दी खुल्यो भनि हल्ला फैलिएको मोर्चाका एक नेताले सहारा टाइम्सलाई बताए ।

राजदूत उपाध्यायले पनि यहाँका केही उच्च तहमा आफ्नो कुराकानी भएको स्वीकार गर्दै नाकाबन्दी खुलाउने निर्देशन कतैबाट नआएको प्रष्ट पारे । उनले भारतले नाकाबन्दी गरेको भनि स्वीकार गरेको छैन, तराई मधेशमा भएको आन्दोलनको कारण यस्तो भएको हो त्यसलाई सहज बनाउन भूमिका खेल्न भारत तयार रहेको बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..