» » सरकारले तरसाई मधेशको समस्या ततकाल समाधान गर्नु पर्छः उपराष्ट्रपति झा

काठमाडौं, २३ असोज । उपराष्ट्रपति परमानन्द झाले सरकारले तराईको समस्यालाई तत्काल समाधान गर्न आग्रह गर्नुभएको छ ।

पुनरावेदन पाटनका न्यायाधीश डा सलाहुद्दीन अख्तर सिद्दीकीद्वारा लिखित ‘मनुस्मिृतिको पारिवारिक व्यवस्था र नेपालमा पारिवारिक विवाद’ नामक कृतिको विमोचन समारोहमा बोल्दै उपराष्ट्रपति झाले नाकाबन्दीको समस्याले नेपाली जनतालाई आक्रान्त पारिरहेकाले तत्काल तराईको समस्या समाधान गर्न आग्रह गर्नुभएको हो ।

उपराष्ट्रपति झाले ५५ दिनदेखि तराई आन्दोलित हुँदा पनि सरकारले त्यसतर्फ गम्भीर नभएको भन्दै तराईका जनताका समस्याप्रति ध्यान दिन आग्रह गर्नुभयो ।

“काँग्र्रेस, एमाले र माओवादीका नेताले सिधै भारतलाई दोषारोपण गर्नुभएको छ, जबकि नाकाबन्दी मधेसी नेताले गर्नुभएको छ, दोषारोपण त मधेसी नेतालाई गर्नुपर्ने हो, जहाँ दुखिरहेको छ त्यहाँ इजाज गर्नुप¥यो, नत्र दुखिरहन्छ, जसको अनुमान डाक्टरले पनि गर्न सक्दैन”– उहाँले थप्नुभयो ।

पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे, नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीलगायतले हिन्दू धर्मलाई आधार बनाएर गरिएको खोजले धर्मसम्बन्धी अध्ययन गर्ने व्यक्तिका लागि उपयोगी कृति भएको बताउनुभयो ।

कृतिका लेखक डा सिद्दीकीले सबैका लागि धार्मिक स्वतन्त्रता, नेपालको कानुनको कमीकमजोरी, निराकरण, सर्वस्वीकार्य कानुन निर्माण गर्ने उद्देश्यले उक्त कृति लेखेको स्पष्ट पार्नुभयो ।

न्यायाधीश डा सिद्दीकी मनुस्कृतिको विषयमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम हुनुहुन्छ । उहाँले नेपाल संस्कृत विश्वविद्यालयबाट सो विषयमा विद्यावारिधी गर्नुभएको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..