» » बालुवाटार धाउँदैमा दिन गएका यिनका

सत्ताको खेलमा नेपाली राजनीतिकमा ‘खेलाडियोंका खेलाडी’ रुपमा परिचित मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई राष्ट्रिय नेता बन्नमा ब्रेक लागेको छ । उनले आफ्नो लागि पटक पटक भन्दै आएको कुरा, मैले आफ्नो व्यक्तिगत स्वार्थ, दलीय स्वार्थ, जातीय स्वार्थ र समुदायीक स्वार्थलाई तिलाञ्जली दिँदै राष्ट्रका लागि अगाडि बढेको हुँ । राष्ट्रलाई एउटा सविधान दिने काम देशका लागि एउटा ऐतिहासिक काम हो । र, यो काम म गर्न गइरहेको छु ।’
तर आज यी सबै गच्छदारका लागि चकनाचुर भएको छ । सत्ताधारी दल काँग्रेस र एमालेको विरुद्धमा ३० दलीय गठबन््धनले गर्दै आएको आन्दोलनलाई सुनियोजित षड्यन्त्रबाट बन्द गराएर १६ बुँदे सम्झौता गराएका गच्छदार आज आफै सुरक्षित अवतरणका लागि भौतारिरहेका छन् । शुरुदेखि आन्दोलनको विरुद्धमा रहेका गच्छदारले अहिले जति आन्दोलनको कुरा गरेपनि उनको पक्षबाट आन्दोलन उठ्ने संभावना देखिदैन । किनभने उनले पहिला नै आफ्नो विश्वास गुमाई सकेका छन् । काँग्रेस, एमाले र एमाओवादीसँग जेठ २५ गते १६ बुँदेमा हस्ताक्षर गर्दा थारुहरुले आन्दोलन शुरु गरेका थिए । त्यसको अगुवाई गरेका थिए उनकै पार्टीका महासचिव रामजनम चौधरीले । तर, गच्छदारले त्यो आन्दोलनको पक्षमा पनि थिएन । थारुहरुले पार्टीमा बोलाएको बैठकमा उनले आफूले देशको लागि बलिदानी दिएको हुँ, निकासका लागि योगदान दिएको हुँ । जजसलाई आन्दोलन गर्नुछ गर्नुस् तर पार्टी झण्डा र ब्यानर प्रयोग गर्न नपाइने उर्दी जारी गरेका थिए तर पनि थारुहरुले आन्दोलन रोकेका थिएन ।
अन्ततः १६ बुँदे सम्झौता विपरित साउन २३ गते ६ प्रदेशको खाका आउँदा थारु तथा मधेशीले त्यसको विरोधमा आन्दोलन शुरु गरेका थिए । गच्छदारले ६ प्रदेशलाई अस्वीकार गर्दै तीन दलकै साथमा बस्ने निर्णय गरेका थिए तर जब ६ प्रदेशपछि भदौ ४ गते ७ प्रदेश आयो अनि गच्छदारले त्यसको विरोध गर्दै चार दलीय गठबन्धनबाट अलग भएका थिए । अलग भएको दिन गच्छदारले कडा प्रतिकृया दिँदै सात प्रदेश नसच्याएसम्म तीन दलको बैठकमा नजाने पत्रकारहरुलाई प्रतिकृया दिए । भनेको भोली पल्ट त साँच्चै बालुवाटार गएन त्यसपछिको दिनमा त उनी लुसु लुसु बालुवाटार जान थाले । प्रधानमन्त्री कोइरालाले बोलाउने वित्तिकै बालुवाटार छिर्थे वार्ता गर्थे तर कुरा कहिले मिल्दैन्थ्यो । त्यसपछि पटक पटक तीन दलसँग वार्ता गरेका छन् । सविधान घोषणा हुने दिन त उनले चार बुँदे सहमति नै गरिसकेका थिए, यदि पार्टीका नेताहरुले त्यसको विरोध नगरेको भए उनले सहमति पत्रका हस्ताक्षर गरेर सविधानमा हस्ताक्षर गरी सविधान घोषणा कार्यक्रममा सहभागि हुन्थे । तर, पार्टीका नेताहरुले पार्टी विभाजनको धम्की दिएपछि उनी ब्याक भएका हुन् ।
तीन दल जवर्जस्ती सात प्रदेशका खाका सहित सविधान जारी गर्ने भनेपछि उनले राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी र मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवालाई मिलाएर भदौ ९ गते संघीय लोकतान्त्रिक मोर्चा गठन भयो ।
सहारा टाइम्सको असोज १६ गतेको अंकमा छापिएको 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..