» » ककसले छाडे गच्छदारको पार्टी ?


काठमाडौ असोज २६ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत दिइ सरकारमा गएको कारण उनको पार्टीमा विरोध उत्पन्न भएको छ ।

उनका जिल्लाका कार्यकर्ता तथा नेताहरुले पार्टी छाड्ने क्रम शुरु गरेको छ ।

मधेसको माग पूरा नहुँदै सरकारमा सहभागी भएको भन्दै मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पर्सा र बाराका पार्टी अध्यक्ष सहित सम्पूर्ण कार्य समितिले राजीनामा गरेका छन् ।

हिजो साँझ वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै पर्सा अध्यक्ष शशीकपुर मियाँले सीमांकन र संविधान संशोधन नहुँदै पार्टी सरकारमा सहभागी भएकाले परित्याग गरी आन्दोलन जारी राख्ने बताए ।

पार्टीका केन्द्रीय कोषाध्यक्ष बीरेन्द्रलाल नेपाली, पूर्व मन्त्रीद्धय कलावती पासवान, दुर्गादेवी महतो, मुस्लिम फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष मन्जरुल हक समानी, शिक्षक फोरमका केन्द्रीय कोषाध्यक्ष सरोज यादव, युवा फोरमका अध्यक्ष इश्वरचन्द यादव, बुद्धिजीवि फोरमका बिपी यादव लगायतले पार्टी परित्याग गरेक छन् ।

वाराका पनि सम्पूर्ण पार्टी कार्यसमिति र भातृ संगठनले राजीनामा गरेको जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीले बताए ।
\
पार्टीमा बस्ने नैतिकता नरहेकाले परित्याग गरेको उनीहरुले बताएका छन् ।

प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइराला र केपी शर्मा ओलीको पक्षमा मतदान गरेर मधेस आन्दोलनको भावना विपरित कार्य गरेको उनीहरुको दाबी छ । ुयो मधेसवादी दलको दुर्भाग्य हो,ु पर्सा अध्यक्ष मियाँले भने, ुदुबै मोर्चा त्यत्तिकै दोषी छन् । कोइरालालाई मतदान गर्ने कम दोषी र ओलीलाई मतदान गर्ने बढी दोषी भन्ने हुँदैन् ।ु


सद्भावना पार्टीले संविधानसभामा राजीनामा दिएर आन्दोलनमा व्यापक प्रचारबाजी गरेपनि प्रधानमन्त्री निर्वाचनमा भाग लिएर उसको चरित्र उदांगीएको मियाँले बताए । मधेस विरोधी भनेर जुन संविधान जलाइयो, त्यही संविधान अन्तर्गत भएको प्रम चुनावमा सहभागिता जनाएर सबै मधेसवादी दलले जनतासँग धोखा गरेका छन्,ु उनले भने, ुमधेसीका माग पुरा नहोउन्जेलसम्म आन्दोलन जारी रहन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..