» » किन नबसेको त मन्त्रीपरिषद्को बैठक ?


काठमाडौं,असोज २१ गते । मन्त्रिपरिषदको बिहीबार पाँच वजेका लागि बोलाइएको बैठक अचानक स्थगित भएको छ ।
प्रधानमन्त्री सुशील कोइराला सहितका कांग्रेसका मन्त्रीहरू पार्टीको केन्द्रीय कार्यसमितिमा व्यस्त भएपछि मन्त्रिपरिषद बैठक प्रभावित भएर बस्न नसकेको हो ।

बैठकले दसैँ विदा, केही उपसचिव र सहसचिवहरूको बढुवाका साथै भारतले लगाएको अघोषित नाकाबन्दीका विषयमा छलफल हुने बुझिएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बालुवाटारमा बिहीबार दिनभरि बसेको छ । सोही बैठकमा सहभागी हुनुपर्ने भएपछि मन्त्रिपरिषद बैठक प्रभावित भएको जनाइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..