» » वीरगंजमा ट्रक जलाइयो, प्रहरीद्धारा फेरी दर्जनौँ गोली चल्यो


वीरगन्ज, असोज ३० गते । बन्दको अवज्ञा गरेको भन्दै मधेशी मोर्चाका कार्यकर्ताले आज दिउसो वीरगन्जमा मालबाहक ट्रकमा आगजनि गरेका छन । वीरगन्ज १३ आर्दशनगर स्थित ना ४ ख ६३५ नम्बरको ट्रकमा मोर्चाका कार्यकर्ताहरुले आगजनि गरेका हुन । आगलागिका कारण ट्रकको अगाडीको भाग पूर्ण रुपले जलेर नष्ट भएको छ । 

नजिकै रहेको वीरगन्ज उपमहानगरपालिकाको बारुण यन्त्रले समयमै पुगि आगोलाई नियन्त्रणमा लिए पछि ट्रकमा लोड गरिएको सुपारी सहित ट्रकको अन्य भागमा क्षति हुन बाट जोगिएको थियो ।

यसैगरी पर्साको बहुअर्वा भाटाबाट चामल लोड गरिएको २ वटा ट्रक प्रहरीले स्कटि¨ गरी काठमाण्डौ पु¥याउने प्रयास गरेपछि बन्दको अवज्ञा गर्दै राति राति चामल बेच्ने गरेको थाहा पाएपछि पर्साको बहुअर्वाभाठास्थित श्री गणेश खाद्य उद्योगमा विरोध गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।
स्थानियवासी र प्रहरी विच झडप भएको थियो । 

प्रहरीले स्कटि¨ गएराती बहुअर्वाभाटा स्थित गणेश खाद्य उदयोगबाट २ वटा ट्रकमा चामल लोड लागि रहेको अवस्थामा स्थानियले रोक्ने प्रयास गरेको थियो । ब्यापक रुपमा प्रहरी परिचालन गरी चामल पठाएपनि आज विहान स्थानियले गणेश खाद्य उद्योगमा बन्द गराउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपको कारण दोहोरो झडप भएको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर र  ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..