» » नवनिर्वाचित प्रधामन्त्रीले सानो आकारको मन्त्री मण्डल विस्तार गर्ने

काठमाडौं, असोज २५ गते । नेपालको ३८ औँ नवनिर्वा्चित प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डगल विस्तार गर्नुहुने भएको छ । आज सानो आकारको मन्त्रिमण्डल विस्तार गरिनेछ ।
दलहरुको सहमतिअनुसार एमालेले ९, एमाओवादीले ७ र राप्रपा नेपालले ३ मन्त्रालय लिने सहमति भइसकको छ । बिहान फोरम लोकतान्त्रिकसँग अर्को सहमति भएकाले मन्त्रालयका बाँडफाँटबारे नयाँ छलफल हुने भएको छ । ओलीको मन्त्रिपरिषदमा पहिलो चरणमा एमालेबाट भीम रावल, विष्णु पौडेल र अग्नी खरेल जाने सम्भावना रहेको स्रोतले जनायो ।
प्रधानमन्त्री ओली शीर्ष नेताहरूसँग परामर्श गरेर मन्त्रीको नाम तय गर्ने तयारीमा छन् । एमाओवादीबाट कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी मध्ये एकजना, राप्रपा नेपालबाट भने अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदार जाने तयारी छ । आज कुनै पनि मन्त्रालय नतोकि मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको एमाले नेताहरुले जानकारी दिए । यसै विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक आज बस्ने तयारी भए पनि कति बजे बस्ने भन्ने टुंगो लागिसकेको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..