» » सिमांकनको बारेमा अधिकारी धारणा ल्याउन सरकारी वार्ता टोलीले मागे एक दिनको समय

फाइल फोटो

काठमाडौ कात्तिक ४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच आज पनि वार्ता भएको छ । वार्तामा कुनै प्रगति नभएपनि आइतवारको बैठकले कुनै नकुनै मूर्तरुप दिन सहमति भएर वार्ता समितिका सदस्यहरुले चित्त बुझाएर आजको बैठक स्थगित गरेको छ ।
मधेशी मोर्चाका नेताहरुले सरकारी वार्ता समितिका सदस्यहरुलाई भने, तपाईहरु विना तयारी किन वार्तामा बस्नु हुन्छ । वार्ताको तयारी गर्नुस् अनि मात्र वार्तामा बस्नुस् । जहिले पनि विना तयारी तपाईहरु आउनु हुन्छ भोली तयारी भएर आउँछु भनेर जानु हुन्छ तर फेरि बस्दा केही हुँदैन । त्यसैले हाम्रो पाँच बुँदे शर्तको के भयो, सिमांकनको बारेमा तपाईहरुको के धारणा छ यी सबै कुराको तयारी गरेर मात्र वार्तामा बसौ भने कुरामा जोड दिएर कमल थापा समक्ष कुरा राखेका थिए ।
आजको वार्तामा कमल थापाको प्रस्तुती कस्तो रह्यो भने जिज्ञासा राख्दा मधेशी मोर्चाका एक नेताले भने, कमल थापाको बोली कति मिठो छ त्यो सबैलाई थाह छ । हामीभन्दा कमल थापा एक कदम अगाडि हुनुहुन्थ्यो । कुनै कुरा हामी बोल्दा त्यसभन्दा एक कदम अगाडि भएर जवाफ दिनु हुन्थ्यो ।
ती नेताले भने, हामीले राखेको पाँच शर्तको बारेमा के भयो ? भन्दा त उहाँले पाँचवटा शर्तको नामै लिएर यी शर्तहरु जसरी पनि सरकारले पूरा गर्नुपर्छ । नगरी सुखै छैन ।’
सरकारी वार्ता समिति सदस्य कमल थापाले मधेशी मोर्चाका वार्ता समितिका सदस्यहरुलाई भने, तपाईहरुले राखेको शर्त प्रति हामी सारै संवेदनशिल छौ । सरकारले ती माग पूरा नगरेर हुँदैन जसरी पनि ती माग पूरा गर्नुपर्छ । हामीलाई एक दिनको समय दिनुस् । हामीले तपाईको शर्त र सिमांकनको बारेमा कुनै नकुनै टुगां लगाएर नै वार्तामा बस्छौ ।’
आजको वार्तामा सद्भावना पार्टीको उपस्थिति थिएन ।
कमल थापाले एक दिनको समय माग गरेर शुक्रवार बैठक बस्न प्रस्ताव गरेपछि तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले शुक्रवार आफू बाहिर जान लागेको शुक्रवार नबसौं भनेपछि कमल थापाले शनिवार नै बसौ भनेका थिए । त्यसपछि शुक्लाले शनिवार नबसौं विदाको दिन पनि के बस्ने आइतवार बसौ भनि प्रस्ताव गरेपछि आइतवार १ बजे सिहदरवारमा बैठक बस्ने तय भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..