» » मधेशको समस्या समाधान नभएसम्म नाका नखुल्ने ः भारत

नयाँदिल्ली, कात्तिक २ गते । भारतले आफ्नो पूर्ववत् अडान दोहोर्याउँदै मधेस मामिलालाई तत्काल सम्बोधन गर्न आग्रह गर्दै नेपालभित्रको राजनीतिक समस्या र द्विदेीय सीमावर्ती तनाव नसुल्झुन्जेल सुरक्षा खतराका कारण सज ढुवानी नहुने संकेत दिएको छ ।
भारतद्वारा जारी अघोषित नाकाबन्दीसहितका मामिलामा छलफल गर्न र निकास पहिल्याउन दिल्ली उत्रिएका उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले द्विदेशीय पारवहन समस्या सुल्झने कुरामा सकारात्मक बन्न सकिने भए पनि तत्काल केही भन्न नसकिने प्रतिक्रिया दिए ।
‘मधेसमा देखिएको अशान्त गतिविधि र आन्दोलन हाम्रो आन्तरिक राजनीतिक समस्या हो । यसलाई हामी राजनीतिक तबरमा मिलाउँछौं’ भन्दै भारतीय सद्भाव लिने प्रयत्नमा जुटेका परराष्ट्रमन्त्री थापाले आइतबार भातरीय विदेशमन्त्री सुष्मा स्वराज , गृहमन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोबलसँग भेटवार्ता गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..