» » राज्यमन्त्रीमा मुस्ताक आलमद्धारा सपथ ग्रहण

काठमाडौँ, कात्र्तिक ९ गते । नव गठित मनत्री मण्डलमा फोरम लोकतान्त्रिकका सांसद मो. मुस्ताक आलमलाई प्रधानमन्त्री के.पी शर्मा ओलीले राज्यमन्त्रीमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

फोरम लोकतान्त्रिकका विजय गच्छदार भौतिक तथा यतायात मन्त्रालय , महासचिव रामजनम चौधरीलाई विना विभागिय मन्त्रीको सपथ ग्रहण भइसकेको केही दिन पछि आईतवार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले आलमलाई शपथ ग्रहण गराएका हुन् । राज्यमन्त्री आलमको विभाग अहिलो टुंगो लागी सकेको छैन ।

मन्त्री मो मुस्ताक आलम रौतहत निर्वाचन क्षेत्र नं २ वाट दोसा्रे संविधान सभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएको थिए । धेरै दिनको रसाकसि पछि मधेशी जनाधिकर फोरम लोकतान्त्रिकको सिफारिसमा आलमलाई राज्यमन्त्री पदमा शपथ ग्रहण गराईएको हो । शपथ ग्रहण पश्चात संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री आलमले तराई मधेशमा जारी आन्दोलनको निकासका लागि सरकार प्रयासरत रहेको तथा आन्दालेनरत पक्षका जायज माँग वार्ता र संवादका माध्यमबाट छिटै समाधान हुने बताएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..